Logo

अभियानसँगै जनतामा प्रकृतिले पारेको असरबारे अवलोकन गर्दै माननीज्यूहरु


 मान्सुङ चाम्लिङ

नेकपा खोटाङ अभियानका साथमा जनतालाई प्रकृतिले पारेको प्रभाव, असर तथा दैनिकीको बारेमा समेत माननीयज्यूहरुले प्रत्यक्ष अवलोकन भ्रमण गरेका छन् । अभियानको क्रममा बराहा पोखरी गाउँपालीका सून्तले चेकेथुममा यसपटकको अधिक खडेरी पश्चात अधिक भएको वर्षाको कारण विहान वेलुका जनताले खाने अन्न उब्जाउने खेतवारी पहिरो लैजाँदा, त्यहाँको जनताको दुःख यो भन्दा अर्को कुनै नरहेको स्थानिय निर कुमार राईले बताए ।

अभियान कार्यक्रम २९ गते कार्तिक सकिएसँगै ३० गते मा. रामकमार राई र मा. राजन राईले स्थानिय जनताहरुको साथमा अवलोकन गरेका छन् । अहिले भर्खर मात्र प्रदेश सरकार पनि व्यवस्थापनको क्रममा रहेको हुनाले यस्ता विपतिहरुको व्यवस्थापनको लागी प्रत्यक्ष बजेट नभएता पनि आवश्यक सहयोगको लागी पहल गर्ने मा. रामकुमार राईले बताए ।

विपतको समयमा बराहा पोखरी गाउँपालीका मात्र नभएर हलेसी तुवाचुङ नगरपालीका लगायत अन्यत्र समेत धेरै असर गरेको तथा आफुले प्रत्यक्ष अवलोकन गरेर प्रदेश सरकारको सदनमा समेत सवाल उठाएको मा. राजन राईले बताउनु भयो । अहिले सम्म पनि वाडी, पैरोले पारेको असरलाई केही रुपमा भएता पनि राहतको लागी आवश्यक पहल गरिरहेको माननीयज्यूहरुले बताउनु भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्