Logo

नेपाल उत्तर कोरिया होइन, त्यसकारण प्रतिपक्ष आवश्यक नै छ, मा. राई


सुभ मान्सुङ

नेपालमा कम्युनिष्टहरु एकता अभियानसँगै जनताको जनसागर, महासागर भएर उर्लिरहेको समयमा खोटाङ जिल्लामा नेकपा अभियान स्रावनको भेल जसरी उर्लिरहेको समयमा अन्य दलहरुको अस्तित्व नै धरापमा पर्ने होकी भन्ने कार्यकर्ताहरुको आंकलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. रामकुमार राईले भन्नु भयो, उत्तर कोरियामा प्रतिपक्षको तर्फबाट कसैले निर्वाचनमा उठ्न हिम्मत गरे सिधै फाँसीको सजाय हुने गरेको तर नेपाल अल्पविकसित राष्ट्रबाट विकासोन्मुख तर्फ उन्मुख भइरहेको हुनाले प्रतिपक्ष पनि आवश्यक रहेको बताउन भयो ।

नेपालमा समाज विकासको चरणमा रहेको हुनाले एक पक्षिय रुपमा जाँदा विकास हुन नसक्ने तथा नेपालीहरु अन्य देशको विलासी र आर्थिक विकास भन्दा पनि नेपालीपन र नेपाली संस्कृति अनुसारको विकास चाहने हुनाले नेपालको कम्युनिष्ट पार्टीहरु एकतन्त्रिय नभएर जनताको पार्टी भएको हुनाले जनअपेक्षा अनुसारको प्रतिपक्ष आवश्यक रहेको बताउनु भयो ।

नेकपाको अभियानमा खोटेहाङ गापामा संचालन अभियान गरिएको कार्यक्रममा मा. अस्मिता कार्की समिता, मा. राजन राई, मा. दुर्गाजयन्ती राई, मा. पाँचकर्ण राई, मा. उषाकला राई, जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी), जिल्ला सचिव राम दंगाल, कार्यालय सदस्यहरु, सचिवालय सदस्यहरु, जिल्ला कमिटी, नपागापा कमिटी लगायत जनताहरुको व्यापक उपस्थिति रहेको सचिवालय सदस्य विनोद आचार्यले बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्