Logo

भित्ते लेखन गर्दै गर्दा नेकपा माऔबादी केन्द्रका नेता तथा कार्यकता पक्राउ


 

राज कुमार राई ,२८,कात्तिक–काठमाण्डौं । मंसिर १४ को उप निर्वाचन वहिष्कार तथा देश रक्षार्थ र स्वधीनताको पक्षमा भित्तामा नारा लेख्दै गर्दा नेकपा माआबादी केन्द्रका पाँच कार्यकतालाई प्रहरीले पक्राउ गरेका छन् । बिहिबार विहान भित्ते लेखन गर्दै गर्दा नेकपा माआबादी केन्द्र नेपाल सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष कमरेड कुमार बान्तवा राई र नेवा ताम्सालिङ प्रदेश अध्यक्ष कमरेड राजकुमार विश्वकर्मा सहित ५ जना लाई प्रहरीले बल्खु काठमाण्डौंबाट गिरफ्तार गरेको हो ।

पछिल्लो समय नेकपा माऔबादीले शसक्त रुपमा उपनिवार्चनलाई वहिष्कार गर्ने योजना बनाउदै आएका थिए । आफना १८ बुढे मागलाई सरकारले पुरा नगरेको र केही महिना अगाडी प्रधानमन्त्री के.पी.ओलीलाई ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरेकोले शान्ति र साम्यवादको लागि आगामी चुनाव बहिष्कार गरेको केन्द्रीय युवा नेता सुमन वाङदेलले बताए ।

आफ्नो पार्टीका नेता र कार्यकतालाई प्रहरीले पक्राउ गरेकोमा खेद प्रकट गर्दै तत्काल रिहाईको माग गर्दै पार्टी प्रदेश नं १ का संयोजक विमल निरौला र क्रन्तिकारी अध्यक्ष बिद्यार्थीका आलोक राय माझीले पनि आफ्नो फेसबुकबाट आपती जनाएका छन । वाईसियलका कार्यवाहक अध्यक्ष प्रकाश राईले तत्काल रिहाईको माग गर्दै घोर आपति जनाएका छन् ।

तत्काल विना शर्तमा आफनो कार्यकर्तालाई प्रहरीले रिहाई नगरेमा पार्टीले विज्ञप्ती जारी गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने क्रान्तिकारी सकुम्बासी संघका इन्चार्ज प्रकाश लिम्बुले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्