Logo

नेपाली जनता जन्मसँगै मृत्यु सम्म कम्युनिष्ट शासन नै चाहन्छन्


– मान्सुङ

जनताको अधिकार, जनताको हातमा, जनताद्धारा जनता नै शासित कम्युनिष्ट पार्टीको मुल मन्त्र हो । नेपाली जनताहरु राष्ट्रियताको हिसाबले कम्युनिष्ट देशमा नै जन्मन्छ ।

तर नेपाली कम्युनिष्ट पार्टीका नेतृत्वहरुले जनताको मतलाई सही रुपमा सदुपयोग गर्न नसकेको कारण ७०% नेपाली जनता कम्युनिष्ट भएर पनि अन्य पार्टी, राजा र जहानीय राणाहरुद्धारा शासित हुनु पर्यो ।

यसलाई अहिलेका कम्युनिष्ट नेतृत्वहरुले स्पष्ट रुपमा बुझ्दै अब नेपाली जनताको मत नेपाली जनतालाइ, नेपाली जनताले नै शासित गर्ने व्यवस्था निर्माण गर्न पार्टी अगाडी बढेकोले सोही अभियानमा खोटाङ जिल्लामा नेता र सबै कार्यकर्ताहरु तिब्र रुपमा प्रशिक्षणमा लागेको केन्द्रिय नेताहरु, सभासद तथा सांसदहरुले बताउनु भयो ।

अभियानको क्रममा साकेला गाउँपालीकामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा मा. विशाल भट्टराई, मा. रामकुमार राई (पासाङ), मा. समिता कार्की (अस्मिता), मा. दुर्गा जयन्ती राई, प्रदेश कमिटी सदस्य ध्रुब वुढाठोकी (धिरेन), मा. पाँचकर्ण राई, मा. उषाकला राई, जिल्ला पार्टी अध्यक्ष देवान किराती (पृथ्वी), जिल्ला सचिव राम दंगाल, जिल्ला कार्यालय सदस्यहरु, सचिवालय सदस्यहरु, मेयर उपमेयर लगायतले पार्टी एकता, सृढृडीकरण अभियान र प्रशिक्षण तथा निर्देशन दिएको सचिवलाय सदस्य बिर्सिका राईले बताइन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्