Logo

अब भारत र चीनको सीमामा सुरक्षाकर्मी र पोस्ट थपिन्छ “गृहमन्त्री”


कुटनीतिक र राजनीतिक रुपमा वार्ता गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा सुरक्षा पोस्ट र सुरक्षाकर्मी बढाइने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले राखेका जनचासोको विषयको उत्तर दिँदै अहिले दुवै देशतिरको सीमानामा सुरक्षाकर्मी र पोस्ट कमी भएको बताए ।

उनले यस विषयमा पहिलादेखि नै छलफल भएको भएपनि कालापानीको विषय आएपछि झन् दबाब बढेको बताए। उनले भने, ‘हाम्रो सीमा/नाकामा सुरक्षाकर्मीहरु कम छन्। पोस्ट पनि कम छन्। अब चाँडै नै दुवै कुरा थपिन्छ।’ समिति सदस्यहरुले सीमा सुरक्षा पोस्ट पनि सिमाना भन्दा निकै पर रहेको बताएका थिए। यसको जवाफमा गृहमन्त्री थापाले भने, ‘अहिले पोस्टहरु नै २०/३० किलोमिटर टाढा छन्। अब नजिक लैजानुपर्छ।’

सोमबार बसेको समिति बैठकमा कालापानीको विषयमा सांसदहरुले कुरा उठाएका थिए। यसमा सरकारले तत्काल कदम चाल्न आग्रह गरेका थिए। समिति सभापति शशी श्रेष्ठले सबै सांसदहरुसँग छलफल गरेर सरकारलाई तत्काल राजनीतिक र कुटनीतिक रुपमा वार्ता गर्न निर्देशन दिएकी छन्। उनले सीमा स्तम्भलाई समेत व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएकी छन्। उनले निर्देशन दिँदै भनेकी छन्, ‘काली नदी पूर्व नेपाल र पश्चिम भारत भनिएको छ। त्यसो होइन। काली नदी नै सीमाना हो। दुवै देशको आधाआधा काली नदी हो। यसैलाई स्थापित गर्नुपर्छ।’ Copy by kantipur

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्