शिक्षक विना न विद्धान न नेता नत यो विश्व – क. पृथ्वी
– मान्सुङ चाम्लिङ, खोटाङ
पृथ्वीको स्थापनासँगै प्राणीजगतको विकास शिक्षकको शिक्षाबाट नै विकास भएको पाइन्छ । जुनसुकै हिसाबले ज्ञान लिएको भएता पनि आफुले जानेको ज्ञान अरुलाई दिंदै समाजको विकास हुँदै आएको पाइन्छ । यसकारण समाज विकासको क्रममा हरेक विषयमा शिक्षाको माध्यमबाट नै विकास सम्भव भएको हो । त्यसकारण जसले आफुले जानेको कुरा दिशनिर्देश गर्दछ, उ शिक्षक हो । यसकारण शिक्षक विना न विद्धान, न नेता नत यो विश्व समाज नै अहिलेको अवस्था पुग्थ्यो वा अब अगाडी बढ्थ्यो ।
खोटाङ जिल्लाको अखिल नेपाल शिक्षक संगठनको परिषदलाई शुभकामना दिदैं नेकपा जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी) ले उक्त विचार राख्नु भएको हो । देश कम्युनिष्टमय भइरहँदा राजनीतिक नेता र कार्यकर्ताहरुलाई पनि शिक्षकहरुले आफ्नो ज्ञान र शिक्षा दिएर समाजवाद उन्मुख शिक्षा दिन तथा समाजवाद हुँदै साम्यावाद तर्फ उन्मुख हुनको लागी शिक्षकहरुले हरेक समयमा सल्लाह, सुझाव र प्रशिक्षण दिनुपर्ने सुझाएका थिए ।