बुलबुल आँधी बाट बच्न हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह
शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्याउने ठानिएको छ।
समुन्द्री सतहभन्दा तल रहेका करिब एक दर्जन तटीय जिल्लाहरू उक्त आँधीको बाटोमा पर्ने बताइएको छ।
समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई उच्च सतर्कतामा राखिएको छ।
बुलबुलले सुन्दरवन नजिकै जमिनमा प्रहार गर्ने ठानिएको छ जुन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बाघ प्रजाती बेङ्गल टाइगरको बसोबास छ।