Logo

भारतको पछिल्लो नाङ्गो बिस्तारबादी हर्कत पर्ती वाईसिएलले निकाल्यो कडा बिज्ञप्ति


168 Views

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (YCL)ले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । भारतलाई वाईसिएल द्वारा कडा बिज्ञाप्ती जारी गर्दै तुरुन्त आफ्नो देशको नक्सा पहित्यैकै हुनुपर्ने भनेको छ । वाईसिएल कार्यबाहक अध्यक्ष क. प्रकाश दुमी राईद्वारा हस्ताक्षर गरिएको छ ।

भारतले एक पक्षीय ढंगले नक्सा सार्वजानिक गरेर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भू-भाग मिचेर दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभावित पारेको ठहर गर्दै तत्काल नक्सा सच्याउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ- “विश्व ईतिहासमा नेपाल अहिलेसम्म हारेको छैन र आफ्नो अस्तित्व जोगाउन नेपालीहरु हार्न जान्दैनन । जस्तोसुकै परिस्थितिमा पनि पार्टीले विगतमा जनयुद्ध होस् वा वर्तमान समयमा होस् नेपाली भूमि र जनताको रक्षा गर्दै आईरहेको र भारतीय सरकारले आफ्नो गल्ती स्वीकार गर्दै त्यस त्रुटीलाई चाँडो सच्याईयोस यदि नसच्याईएमा युवा कम्युनिष्ट लिग अनिश्चितकालिन आन्दोलनमा जाने छ । देश र जनताको लागि हतियार समेत उठाउन तयार रहेको समेत यसै विज्ञप्ती मार्फत उद्घोष गर्दछ ।”

विज्ञप्ती जारी गर्दै युवा कम्युनिष्ट लिगले वर्तमान नेपाल सरकारलाई पनि कुटनीतिक पहलबाट यस समस्याको समाधान गर्न आग्रह गर्दै देश बचाउन युवा कम्युनिष्ट लिग (YCL)ले नेपाली जनता, अन्य मुलुकहरु र संघ-संस्थाहरुमा हातेमालो गर्दै संघर्षमा अघि बढ्ने चेतावनी दिँदै विज्ञप्ती जारी गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347