देउवाको भनाईलाई कार्यान्वयन गर्दै नेकपा खोटाङ

राजनीति

– मान्सुङ चाम्लिङ

विश्व परिवेशमा नेपालमा कम्युनिष्ट पार्टीहरु एकृत्रित हुँदै गइरहेको अवस्थामा नेपाली कांग्रसका सभापति तथा सम्माननीय पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले एक कार्यक्रममा उद्घोष गर्दै भन्नु भयो, अब नेपालमा कम्युनिष्टले ५० वर्ष शासन गर्छ ।

 

सोही भनाईलाई कार्यान्वयन गर्न नेकपा खोटाङ जिल्लाको सबै गापानपामा प्रशिक्षण अभियान कार्यक्रम सम्पन्न गरिरहेको छ । लगातारको चौथो दिनको कार्यक्रममा आज भव्य समारोहकाबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको कार्यकर्ता तथा अनेरास्वियू अध्यक्ष खेमराज राईले बताए ।

केपीलास गापामा सम्पन्न भएको कार्यक्रममा माननीय विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि सभासद समिता कार्की, सभासद पाँचकर्ण राई, सांसद राजन राई, जिल्ला पार्टी अध्यक्ष देवान राई, सचिव राम दंगाल लगायत प्रदेश समिति सदस्यहरु, कार्यलय सदस्यहरुले प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

अगुवा कार्यकर्ता प्रशिक्षणमा २०० जना कार्यकर्ताहरु रहेका थिए ।