Logo

बगदादीकी पत्नी र उनका ज्वाई टर्कीमा पक्राउ


अंकारा । टर्कीले इश्लामिक स्टेट(आइएस)का पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नीलाई गिरफतार गरिएको जनाएको छ । बगदादी हालै अमेरिकी कारवाहीका क्रममा मारिएका थिए । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोगानले बुधबार सो कुरा बताएका हुन् । गएको मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि पक्राउ गरिएको जनाएको थियो ।

बगदादीले हालै अमेरिकी कारवाहीका क्रममा आत्मघाती विस्फोट गरेर आफ्नै ज्यान लिएको जनाइएको थियो । अमेरिकाले कारवाही अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो । बगदादीको मृत्युलाई अमेरिकी राष्ट्रपतिले जीतको रुपमा व्याख्या गरेका थिए । तर आलोचकहरुले अझैपनि इश्लामिक स्टेटको खतरा कायम रहेको जनाएका छन् । इश्लामिक स्टेटले बगदादीको मृत्यु पुष्टी गर्दै नयाँ नेताको नाम घोषणा गरिसकेको छ ।

टर्कीका राष्ट्रपति अर्दोआनले बुधबार जनाए अनुसार टर्कीले बगदादीकी पत्नी र उनका ज्वाईलाई पनि पक्राउ गरेको जनाएका छन् । उनले अमेरिका तर्फ संकेत गर्दै भनेका छन्,‘‘हामीले बगदादीकी पत्नीलाई गिरफतार गरेका छौं । तर, बगदादीको प्रसंगमा जस्तो हल्ला गरेका छैनौं ।’’

उनले अर्दोआनकी दिदी र ज्वाईँलाई पनि पक्रेकेको र टर्कीका अधिकारीहरुले आईएसको बारेमा जानकारी लिइरहेको जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्