Logo

सर्वोच्च भित्र पस्यो अख्तियार


काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत प्रशासनमा ‘स्ट्रिङ अप्रेसन’ गरेको छ। एउटा मुद्दाको विषयमा पैसामा बार्गेनिङ चलेको सुराकका आधारमा अख्तियार पहिलोपटक सर्वोच्च छिरेको हो। ‘स्ट्रिङ अप्रेसन’ पछि एक जना नायब सुब्बालाई अख्तियार हिरासतमा राखिएको छ।

सर्वोच्च अदालत स्रोतका अनुसार नायब सुब्बा सुधीर खड्कालाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो। भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुन्न पठाएका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ गरेको सुराकका आधारमा उनलाई समात्न अख्तियारले प्रहरीसहितको दस्ता परिचालन गरेको थियो। अभियुक्तकै आफन्तले अख्तियारलाई दिएको सूचनाका आधारमा उनी समातिएका हुन्।

‘थुनामुक्त गर्नका लागि म ठाउँमा कुरा मिलाउँछु भन्दै अभियुक्तका भाइसँग रकम मागेको कुरा छ,’ स्रोतले भन्यो। सर्वोच्चका अधिकारी भने यस विषयमा बेखबर छन्। यता, सर्वोच्च नजिकै रहेको महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र कर्मचारी ट्रेड युनियनको कार्यालयमा भने भित्रभित्रै चर्चा चुलिएको छ। यसअघि जिल्ला र उच्च तहका कर्मचारी ‘स्ट्रिङ अप्रेसन’ मा परे पनि सर्वोच्चमा अख्तियारले हात हालेको पहिलो घटना हो।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले आफू अस्पतालमा रहेकाले यस विषयमा जानकार नभएको बताए। नासु खड्कालाई अख्तियारको टंगालस्थित हिरासतमा राखिएको छ। उनलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियारलाई १५ दिनको अनुमतिसमेत दिएको छ।

‘घुस रिसवतमा समातिएको भनेर मंगलबार उहाँलाई थुना अनुमतिका लागि अख्तियारले २० दिनको म्याद मागेको थियो। अदालतबाट १५ दिनको थुना म्याद दिइएको छ,’ विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले अन्नपूर्णसँग भने, ‘उहाँलाई १८ गते पक्राउ गरेको जानकारी अख्तियारले दिएको छ।’

खड्काका अनुसार पुर्पक्षका लागि थुनामा पठाइएका एक अभियुक्तलाई छुटाइदिने भन्दै उनका दाइसँग रकम मागेको अख्तियारको भनाइ छ। ‘कलडिटेल्सलाई रिसवतको आधार लिइएको छ। कहाँबाट समातियो भन्ने जानकारी भएन,’ खड्काले भने। सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसँग मुछिएका आरोपी देवजंग शाहीलाई साधारण तारेखमा राख्ने प्रयोजनका लागि पैसाको ‘बार्गेनिङ’ चलेको सुन्नमा आएको बताए।

‘विशेष अदालतले थुनामा पठाएपछि सर्वोच्चमा दर्ता भएको १७ नं. निवेदनमा थुनुवालाई छुट्कारा दिलाउन प्रतिवादीका भाइसँग मागेको भन्ने छ,’ भट्टराईले भने, ‘रिसवत लिए÷नलिएको, कसरी कहाँबाट समातेको भन्ने कुरा थाहा पाउन सकिएन।’ सर्वोच्चमा थुनुवा मुद्दा रहेका प्रतिवादी शाही ठेकेदार हुन्। उनका भाइ धर्मराज शाहीसँग ‘घुस’ रकमका लागि बार्गेनिङ गरेको सूचनाका आधारमा अख्तियारले पक्राउ गरेको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्