Logo

भारतको नयाँ नक्सा अमान्य “नेपाल”


कार्तिक २०, २०७६

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमाजनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’

मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ ।

सञ्चार माध्यमहरुमा नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेको विषयलाई लिएर विरोध हुँदै आएको छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १७:५३

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्