Logo

प्रदेशसभा सदस्य र उपप्रमुख चडेको जिप दुर्घटना


उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जा कुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवी कुमारी चौधरी गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीर बहादुर बुढामगरले जानकारी दिए । बुढा मगरका अनुसार, जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ ।

जीप अनियन्त्रित भई सडकमै पल्टिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्