सापकोटाको “समीकरण जिन्दगीको” विमोचन
काठमाण्डौ- कवि ध्रुवकुमार सापकोटाको कवितासङ्रग्रह समीकरण जिन्दगीको प्रज्ञा प्रतिष्ठान काठमाडौमा विशेष समारोहबीच विमोचन गरियो ।
प्रमुख अतिथि कवि तुलसी दिवस, सभापति गीतकार रत्नशम्शेर थापाले संयुक्त रूपमा उक्त कृति विमोचन गरे ! कृतिमाथि समालोचक कवि प्रमोद प्रधान , कवि मन्जु काँचुली, कवि प्राज्ञ विवश पोखरेलले टिप्पणी गरेक थिए !
सापकोटाका कविता सरल रहेको र उनका कवितामा जीवन समय र प्रकृति प्रतिम्बिम्बित रहेको धारणा समीक्षकहरूको थियो ! सो समारोहमा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्राज्ञ माया ठकुरीले कविप्रति शुभकामना व्यक्त गरेभने कवि गोकुल अधिकारीले संग्रहभित्रको एउटा कविता मजदुर र कवि सापकोटाले तिमी रोबोटसँग बिहा गर, अलास्का ! म सगरमाथाको सन्देश लिएर आएको छु, हामी त्यो देशका वासी हौं र रहरहरू शीर्षकका आफ्ना चार कविता वाचन गरेका थिए ।
विराटनगरबाट काव्यिक सृजना यात्रा प्रारम्भ गरेका सापकोटा हाल निदरल्याण्डमा बस्छन् ! संग्रहभित्र विविध विषयका ४५ वटा कविता समावेश छन् । सो कृतिको प्रकाशक जनता प्रसारण तथा प्रकाशन लिमिटेड काठमाडौ रहेको छ ।
———————————————————————————————————————————————————————————————————————————————————————————-