Logo

बिनाकारण सरकारले प्रदेश प्रमुख हटाएर सहकार्यको ढोका बन्द गर्‍यो :शेखर कोइराला


कांग्रेस नेता शेखर कोइरालाले बिना कारण सरकारले प्रदेश प्रमुख हटाएर आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताए ।

सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला निर्णय गर्नुले गम्भीर बनाएको कोइरालाले बताए । ‘प्रदेश प्रमुख हटाउने संवैधानिक अधिकार सरकारलाई छ । तर, सरकार गठनको लामो समय पछि यस्तो निर्णय हुँदा हामीलाई गम्भीर बनाएको छ’, कोइरालाले प्रदेश प्रमुखहरूको बर्खास्तगीबारे टिप्पणी गर्दै भने ।

‘चेक एण्ड व्यालेन्स’को सिद्धान्तलाई कुल्चँदै सरकार अधिनायकवादतर्फ अघि बढेको उनको आरोप छ । त्यसकै लागि ‘राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्न सरकार उद्यत बनेको उनको भनाइ छ ।

सरकारको पछिल्लो निर्णयले राजनीतिक सहकार्यको ढोका बन्द गरेको टिप्पणी गर्दै उनले संघीयता असफल बनाएर मुलुकलाई द्वन्द्वमा लैजाने खेल सरकार बाटै भइरहेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्