भलिवल खेल र नयाँ भवनको उद्घाटन – जहाँ युवा र महिलाको सम्मान, त्यहाँ सामाजिक विकास संभव, माननीय राई
– मान्सुङ चाम्लिङ
युवा परिबर्तनका संवाहक हुन । महिला मानविय जीवनका एक साधक हुन । यसकारण युवा र महिलाहरुमा जहिले उत्साह, जोश र जाँगर हुन्छ । सोही जाँगरलाई सही रुपमा सदुपयोग गर्न सके निश्चित रुपमा समाजलाई सहज रुपमा सकारात्मक रुपमा परिबर्तन र विकास गर्न सकिने माननीय रामकुमार राईले बताए ।
जनज्योती सांस्कृतिक युवा क्लबको आयोजना तथा सचेतनाशिल महिला समूहको सहआयोजनामा संचालन भएको वडा स्तरीय पुरुष भलिबल तथा एकल नृत्य प्रतियोगितामा प्रमुख अतिथिको रुपमा आतिथ्य गर्नु भएको माननीयले बताउनु भएको खोटेहाङ गाउँपालीका वडा नं.२ का वडा अध्यक्ष दिपेन राईले बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा खोटेहाङ गाउँपालीकाका उपप्रमुख कविता रहेको थियो ।
उक्त प्रतियोगिता कार्यक्रमसँगै सामूदायिक भवन बोम्लुङको पनि उद्घाटन गरिएको वडा अध्यक्ष राईले बताउनु भयो । भवन उद्घाटनमा स्थानिय सांस्कृतिक झाँकी सहित केही समय र्याली पश्चात प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो ।
क्लब र महिला समूहको सहकार्यमा निर्माण गरिएको उक्त भवन दुईतलाको रहेको छ ।
उक्त भवन निर्माणको लागी क्लबले १ लाख ६२ हजार र महिला समूहले १ लाख २३ हजार तथा अन्य साढे छ लाख बराबरको रकम जनश्रमबाट लगानी गरी निर्माण गरिएको अध्यक्षले बताउनु भयो ।
भलिवल खेलाडी टिमहरु २८ टिम सहभागीता रहेका छन् । भलिबल खेलको प्रथम पुरस्कार २५,०००, रु.१५,०००। दोस्रो पुरस्कार रु.१०,००० लगायत ट्रफी, मेडल रहेको राईले बताउनु भयो । यसैगरी नृत्यमा प्रथमलाई ५०००। दोस्रो ३००० र तेसा्रेलाई रु.२०००। रहेको छ । साथै अन्यलाई पनि पुरस्कार रहेको छ ।