‘आक्रोश’ कबिता -प्रकाश दुमी राई
मुन्धुमस्टार
आक्रोश
खोई मेरो किरात भूमि?
कसले राज चलाई रहेको छ?
-मेरो किरात प्रदेशमा
कसले टेकिरहेको छ?
-मेरो माटो
को हिडिरहेको छ?
-मेरो छातिमाथि
कुन् निरङ्कुशताले बलात्कार गरिरहेको छ?
-मेरो इतिहासलाई
र, बनाईरहेको छ
-भूमिबिहिन
-राज्यबिहिन
-भाषाबिहिन !
कसको- हो यो राजनीति?
कसको- हो यो रणनीति?
यो भूमि-
यो माटो-
यो राज्यमा-
-यो भूमिपुत्रलाई
कसले बनायो सुकुम्बासी?
कसले बनाईरहेको छ?
-हलिया र नोकर
खोजेर इतिहास
इतिहासको पाना-पानामा
दाहसंस्कार गर्नु छ
-षडयन्त्रको
फैसला गर्नु छ
-इतिहासको
कहाँ चुके-
कसले च्यात्यो- इतिहास
कसले हडप्यो- किरात भूमि
लेखा-जोखा गर्नु छ
हिसाबकिताबको !
किरात भूमि- किरात प्रदेशमा
अब, अधिनायकबादी
तिम्रो एकाधिकार चल्दैन
तिम्रो साम्राज्यबादी हैकम चल्दैन
जित मेरो यथावत छ
यथावत छ मेरो जित
किरातभूमि जिन्दाबाद !
किरात प्रदेश जिन्दाबाद !!



