Logo

नेकपाको शुभकामना : नेकाको साख तोडियो


– विषण राई

नेपालीहरुको चाडहरुको अवसरमा नेकपा दिप्रुङ गापाले आयोजना गरेको शुभकामना आदान प्रदान भव्य रुपमा सफल भएको छ ।

खोटाङ जिल्ला नेकाको गड मानिने दिप्रुङ गाउँपालीकामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी १५ जना बढी नेकपामा प्रवेश गरेका छन् ।

 

स्थानिय सरकारको कार्यशैली र कार्य व्यवहार प्रति हतास भएका दिप्रुङका जनताहरु नेकपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न हुँदा आँट साहास मात्र होइन विजय उत्सव मनाईरहेको भान भएको स्थानिय अभिभावक बुद्धविर राईले बताउनु भयो ।

हतास भएका जनताहरु स्थानिय तहको सरकार परिबर्तनको लागी निर्वाचनको मिति गन्दै पर्खिरहेको स्थानिय युवा टक्सन राईले बताए ।

उक्त कार्यक्रममा माननीयहरु विशाल भट्टराई, उषाकला राई, जिल्ला समन्वय समति अध्यक्ष बबि चाम्लिङ, पार्टी अध्यक्ष देवान किराती, सचिव राम दङगाल लगायत व्यापक रुपमा नेताहरुको उपस्थिति रहेको थियो

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्