सदा झै मा. सुरेश राईको तिहार जनतासँगै

–मान्सुङ चाम्लिङ
मा. सुरेश कुमार राई (हिमाल) गएको वर्ष पनि दशैं र तिहार जनताको घरका जनताहरुसँगै मनाए थिए । यसवर्ष पनि सोही अनुसार तिहार जनताको घर आंगनमा जनतासँगै मनाएका छन् ।
सामाजिक कोषलाई लक्षित गरी संचालन गरिएको भैलो देउसी कार्यक्रम खासगरी जनप्रतिनीधिहरु र नागरिक समाजको अगुवाईहरुको समन्वयमा जनतासँगै रमाइलोका साथ मनाइएको स्थानिय जितेन राईले बताए ।
भैलो देउसी कार्यक्रम उदयपुर जिल्लाको कटारी नगरपालीकामा कार्तिक १० र ११ गते खेलिएको थियो । तिहारसँगै माननीय राई स्थानिय जनताहरुको घरदैलो कार्यक्रममा व्यस्त रहेको सचिवलायले जनाएको छ ।