नेपाली राजनिती किन मात्रा बाट गुणमा परिवर्तन हुन सकिरहेको छैन ?

Breaking News विचार/ब्लग

-आश कुमार राई

“आफ्नो स्वार्थमा धक्का पुग्ने भए पछि ज्यामितिको स्वमंसिद्द तथ्यहरुलाई पनि बङ्ग्याउन खोज्छन” – मार्क्स

नेपाली राजनीतिक परिवर्तन जे जत्तिलाई भनिए ती सबै परिबर्तनहरु कहिल्यै गुणमा परिबर्तन भएनन मात्रात्मक मात्रै भए । जब गुणमा परिबर्तन हुन लाग्यो कि ज्यामीतीको स्वयंसिद्ध तथ्यलाई बङ्ग्याउन खोज्नेहरुको बाहुल्यता बढ्छ । तसर्थ प्रतिक्रान्तीकारी शक्ति हाबी हुने र यो आमूल र एतिहाँसिक परिबर्तनलाई गुणमा परिबर्तन हुनबाट रोक्ने नेपालको पुरानै बल्झी रहने समस्या हो। यसका दुईवटा कारणहरु छ्न पहिलो :- आन्तरिक कारण । दोश्रो :- बह्यकारण आन्तरिक कारण जस्तै २००७ सालमा चलेको राणा शासन विरुद्धको आन्दोलनको त्रिपक्षिय सम्झौता देखि लिएर बिचको पन्चायत विरुद्धको आन्दोलन हुँदै निरंकुश राजतन्त्र बिरुद्धको दस वर्षे महान जनयुद्ध र ६२-६३ को जनआन्दोलन यी सबैको ब्याबस्थापन, सेफलेण्डिङ्ग गराउने सहज कर्ताहरु र तिनको भुमिका अनि उदेश्य लाई हेर्दा एउटै प्रकृतिको जस्तो देखिन्छ ।

जसले मात्रात्मक परिवर्तन गर्‍यो तर गुणमा परिबर्तन हुनै दिएन किनकी गुणात्मक परिबर्तनले लग भग तिन सय बर्ष देखि चलि आएको नेपालको एकात्मक नश्लिय साँस्कृतिक राज्यशत्ता धरापमा पर्ने निश्चित छ । दोस्रो,बाह्य कारण एउटा स्वतन्त्र मुलुक प्रति अन्तराष्ट्रिय चासोहरु स्वभाबिक रुपले हुन्छ। त्यसमा एक छिमेकिको हिसाबले राजनितिक, सँस्कृतीक, भौगोलिक हिसाबले पनि नजिक भएको भारत हरेक राम्रा नराम्रा कुराहरुमा प्रभाबित हुनु आकर्सित हुनु स्वाभाबिक नै मान्नु सकिन्छ । तर नेपाल प्रतिको उसको नियत सफा नदेखिनु,  हेपाहा प्रवृत्ति र नेपालको आन्तरिक मामिलामा बढी सकृय भई परिबर्तन र नेपालको राष्ट्रिय हित बिपरित भुमिका खेल्नु यो चाहिँ दुखद र दुर्भाग्यपूर्ण  कुरा हो । यो पनि भारतको नयाँ नभै पुरानै चरित्र हो । तर यो भारतको चरित्र दुबै देशको परिबर्तन र बिकाशको बाधक तत्व पनि हो । भारतले अंग्रेजहरुबाट  सिकेको यो आफ्नो पुरानो बिस्तारबादी नीति परिबर्तन गर्न चाहाँदैन। त्यसको केही ज्वलन्त उदाहरणहरु यश प्रकार छन:

(१) ०६२-६३ को जनआन्दोलनले खारेज गरेको ब्यक्तिले परिबर्तनको अस्सली हकदारहरुलाई पाखा लगाएर, तत्कालिन बिस्थापित शासकको साँस्कृतिक भुत बोकेर अहिले प्रतिक्रान्तिकारी  सत्ताको बागडोर सम्हाली रहेका छन।
(२) अझै पनि नेपाल माथि भारतको राजनितिक हस्तक्षेप अनि दिन दिनै नेपालको सिमा अतिक्रमण र त्यहाँ विभिन्न खाले आतंक मच्चाउन भारतले छोडेको छैन।

प्राचिन युगले, टोलेमिको खगोल शास्त्र र युक्लिटको ज्यामिती दियो तर मध्य युगले केही पनि दिएन “एङगेल्स” मध्य युगिन धार्मिक अफिमको लत हामीलाई अझै छुटेको छैन भने आधुनिक समाजको  बिकास कसरी हुन सक्छ ? पाँच हजार बर्ष अगाडि देखिको पूर्वीय दर्शन सबै भन्दा पुरानो दर्शन हो। यसको बिकास वैदिक काल र शास्त्रीय काल गरि दुई चरणमा भयो। यस्लाई श्रुति, स्मृति हुँदै लिपिको बिकाशमा उठाएको पाईन्छ । यो दर्शनको मुख्य ग्रन्थ बेदलाई मानिन्छ।

बेदलाई चार भागमा बिभाजन गरि यस्को बिकाश गरेको पाईन्छ (१) ऋख बेद-आयुर्बेद  (२) यजुर बेद-धनुर बेद (३) साम बेद-गन्धर्ब बेद (४)अथर्ब बेद-अर्थ बेद यी बेदहरुको वर्गीकरण संङ्गै विभिन्न चरणमा बिभिन्न दार्सनिकहरुले भौतिकवादी दृष्टिकोणबाट आफ्नो धारणाहरु स्थापित गराए पनि भौतिकवाद र बिज्ञानको रुपमा यो दर्शन स्थापित हुन सकेन । ई.पुर्ब ४०० मा कणाँदले बैस्यसिक दर्शनको प्रबर्द्धन गरे जस्ले पदर्थको कुरा गर्‍यो त्यस्तै ई.पुर्ब ६०० मा कपिलले सांख्य दर्शनको प्रबर्द्धन गरे जस्लाई सम्पुर्ण ज्ञानको योगको रुपमा मानिन्छ। पाणिनी, कात्याणि र पतन्जलिले योग दर्शनको प्रबर्द्धन गरे ई पुर्ब ५०० मा वाद नारायणले ल्याएको बेदान्त दर्शनलाई नै आस्तिक दर्शनको अन्तिम दर्शन मानिन्छ।

नास्तिक दर्शन,ई.पु ६०० मा बृहस्पतिको चार्बाक  दर्शन, ई पू ५०० मा गौतम बुद्धको बुद्ध दर्शन र ई.पु ३०० मा महाबिरले ल्याएको जैन दर्शन भौतिकवादसंङ्ग नजिक देखिए पनि अध्यात्मवादलाई नै प्रमुख मान्यो दुर्भाग्यपूर्ण पुर्बिय दर्शन अध्यात्मवादको कालो सुरुङमा नमज्जाले फस्यो । यत्ती सम्म की धार्मिक युग र आधुनिक युग सकिएर अहिले हामी उत्तर आधुनिक युगमा छौं तर हाम्रो दर्शन सभ्यता चेतना र चिन्तन धार्मिक युगको अँघ्यारो कालो सुरुङबाट अझै निस्किन सकेको छैन ।

यो पूर्वीय भारतिय संस्कृति,दर्शन र धार्मिक सभ्यता बिज्ञानमा परिबर्तन नहुनु नै समृद्धि र बिकाशको लागि ठूलो बाधा बन्यो जस्ले बिज्ञान लाई अबरोध गर्यो त्यसको ठूलो सिकार भारत र उस्को वरिपरिको देश साथै नेपाल पनि भएको छ। पुर्बिय सभ्यता भित्रको भारतिय सभ्यता भन्दा चिनियाँ सभ्यता पुरानो मानिन्छ । यहि पुर्बिय दर्शन भित्रको एउटा दर्शन चिनियाँ दर्शन पनि हो। तर यस्को बिकास धेरै हुन सकेन यस्को बिकास दुई वटा धारामा भएको पाईन्छ (१) ई.पु ६०० मा लाओत्सेको प्राकृतिक दर्शन-ताओवाद (२) ई.पु ५००मा कन्फ्युसियस्को नैतिक दर्शन कन्फ्युसियस्वादको निर्माण भयो । तर यी मध्ये ताओबाद द्वन्द्ववादी र कन्फ्युअसियसवाद ब्याबहारवादी थियो । यहि दर्शनको दृष्टिबाट पश्चिमा दर्शनले भौतिकवादी बिज्ञान तिर फड्को मारेको देखेर सामाजिक राजनितिक परिबर्तन गर्दै बिज्ञान र प्राविधिलाई समातेर आधुनिक चिन बन्न सम्भब भएको छ।

हामी कहाँ त यो २१ औं सताब्दिमा आएर पनि गाई गोरुको बारेमा बोल्यो भने केरकार गरिन्छ, गोरुको मासु खायो भने जेल नै जानू पर्ने अवस्था छ। अनि फेरि भन्छन, अब हामी समाजबाद तर्फ जाँदैछौं।यस्तो खाले शासकिय चरित्र र नेतृत्वले हामिलाई समाजवादमा पुर्याउछ ? यहाँबाट हाम्रो मुक्ति सम्भब छ ? सबै खाले बिभेदको अन्त्य यो ब्याबस्था बाट सम्भब छ ? के साँच्चै यहि अवस्था बट बिकास र समृद्धि हाँसिल गर्न सकिन्छ ?

उता प्राचिन कालको ई.पु.६०० बाट ग्रीस देखि  सुरु भएको पश्चिमा सभ्यता, पूर्वीय सभ्यता तथा पूर्वीय दर्शन भन्दा धेरै पछाडीबाट सुरु भएको मानिन्छ।
ई.पु. ४००-५०० तिरै बाट थेलिजको तत्ववाद  पिथागोरसको संख्यावाद र डेमोक्रीटसको परमाणुवाद दार्शनिक स्तरमा स्थापित भएसँगै  भौतिकवादी बिज्ञानको भ्रुण देखा परिसकेको थियो । मध्यकालमा धार्मिक शासन बलियो बनाउन ई.बि सम्बत १२०० मा ईसाई पादरी तथा दार्शनिक टोमस एकिनासले एरिसटोटलको सम्पुर्ण प्राचीन ग्रन्थहरुलाई बाईबलिकरण गरेर बाईबलमा समाहित गरिदिए ।

ई.पु. ४५३-१४७६ सम्म एक हजार बर्ष चलेको धार्मिक अन्धकार युग पुनर्जागरण काल अथवा आधुनिक काल सुरु भए पछि धार्मिक सत्ता र बिज्ञानको बिचमा दार्शनिक, तार्किक र तथ्यहरुलाई आधार बनाई चर्को संघर्ष सुरु भयो। पृथ्वी लाई केन्द्र मानेर धार्मिक शासन चलाई रहेको अध्यात्मवादी ग्रन्थ बाईबल माथी कोपर्निकसले सुर्य केन्द्रमा छ भन्ने बिचार अगाडी सरेर बाईबल माथि पहिलो प्रहार गरे उनको त्यो पुस्तक प्रकासित हुनु लगत्तै उनको मृत्यु भयो । उक्त पुस्तक माथी प्रतिबन्ध लगाई गुपचुप राखियो । पछि ग्यालिलियो ग्यालिलीले फेरि प्रचार गरे सुर्य केन्द्रमा छ सुर्य लाई पृथ्वीले परिक्रमा गर्छ भने तर उनलाई नजर बन्द गरियो अनि धार्मिक अदालतमा बोलाई माफी मगाईयो र बोली फिर्ता लिन लगाईयो ।

त्यस पछि फेरि चार्ल्स डार्बिनको क्रम बिकासको सिद्धान्त आए पछि दोस्रो पटक बाईबलको सबै भन्दा शक्तिशाली पात्र परमेश्वर लाई मात्र हैन धार्मिक संसार र सम्पुर्ण धार्मिक सत्ता लाई नै ध्वस्त पारी संसारमा बिज्ञान हाबी भयो। हेगेलको द्वन्दवाद, फायर बाखको भौतिकवाद र मार्कसवादको द्वन्दात्मक भौतिकवादले अझ बिज्ञानको बिकाशलाई उत्प्रेरणा र सहजता प्रदान गर्यो । त्यसैको परिणाम स्वरुप न्युटनले यान्त्रिक सिद्धान्त ल्याए जसको कारण युरोपमा बैज्ञानिक क्रान्ति,औधिगिक क्रान्ति अनि राजनितिक क्रान्तिहरु भए । त्यस पछि आईन्स्टाईनको सापेक्षताको सिद्धान्त हुँदै यो स्थुल जगत भित्र रहेको सुस्म जगतको अध्यान र अनुसन्धान गर्ने क्वान्टम सिद्धान्त यत्ती बेला आई सकेको छ।

ती बैज्ञानिक क्रान्ति औधोगिक क्रान्ति राजनितिक क्रान्तिको सम्पुर्ण योग बिकसित आधुनिक युरोप लाई मान्न सकिन्छ । यो बर्तमान युग उत्तर आधुनिक युग हो। हामिले मार्क्सवाद र क्वान्टम सिद्धान्तलाई प्रयोग र त्यसको बैज्ञानिक बिकाश गर्दै बैज्ञानिक समाजवादको आधारहरु तयार गर्ने हाम्रो कर्तब्य हो र हामि अगाडि बढ्नको लागि निर्बिकल्प बाटो पनि त्यही हो। दुखद कुरा रजो र तमो ज्ञान भएका हेत्वाभाष चरित्रका मालिक हरुले बितण्डा तर्क गर्दै हामी लाई नेतृत्व गरिरहेका छन, हामि माथी शासन गरिरहेका छन, कोहि कांग्रेसको नाममा त कोहि कम्युनिष्टको नाम भजाएर निर्कृष्ट र निर्दही हृदय बोकेर हामी माथि आफ्नो स्वर्ग फुलाई हामी माथी नै राज गरि रहेका छन,शोषण गरिरहेका छन।

यहाँ, समाजबादी अभियान्ता हुँ खुंखार मार्कसवादी हुँ भन्ने सोफिसट जमातमा कम्युनिष्ट पार्टिको सदस्यताको लेन देन हुन्छ । घरमा श्रीमतिको मासिक धर्मको बेला अछुतो बनाउछ छोरिलाई छाउ गोठ पुर्याउछ र बजारमा आएर भन्छ लैङ्गिक  उत्पिडनको अन्त्य हुनु पर्छ। घरमा नोकर राखेर दोस्रो दर्जाको मानिसको ब्याबहार गर्छ कमैयाको पल्टन चलाउछ अनि भरै टिभिमा भन्छ बर्गिय बिभेदको अन्त्य हुनु पर्छ । कथित दलितलाई पशुको हैसियत भन्दा तल राख्छ अनि फेरि बोल्छ जातिय मुक्ति हुनु पर्छ । दिन रात भ्रष्टाचारमा तल्लिन हुन्छ थोरै समय निकालेर भन्छ भ्रष्टाचार निर्मुल अभियान चलाईदै छ । धर्म निरपेक्ष राज्य भन्छ अझै हिँजुको एकल धार्मिक सापेक्षताको सिण्डिकेट हटाउदैन अझ सिण्डिकेट लाई कडा बनाउछ ।

अठारौ सताब्दिमा सुर्य केन्द्रमा छ पृथ्वीले सुर्य लाई परिक्रमा गर्छ ग्यालिलियोले भन्दा धार्मिक अदालतमा बोलाई केरकार गरेर बाईबलको बिरुद्ध नबोल्न चेतावनी दिँदै सम्पुर्ण बोलेका कुराहरु पादरीहरुको धार्मिक अदालतले फिर्ता लिन लगाएका थिए। हामी कहाँ त यो २१ औं सताब्दिमा आएर पनि गाई गोरुको बारेमा बोल्यो भने केरकार गरिन्छ, गोरुको मासु खायो भने जेल नै जानू पर्ने अवस्था छ। अनि फेरि भन्छन, अब हामी समाजबाद तर्फ जाँदैछौं। यस्तो खाले शासकिय चरित्र र नेतृत्वले हामिलाई समाजवादमा पुर्याउछ ? यहाँबाट हाम्रो मुक्ति सम्भब छ ? सबै खाले बिभेदको अन्त्य यो ब्याबस्था बाट सम्भब छ ? के साँच्चै यहि अवस्थाबाट बिकास र समृद्धि हाँसिल गर्न सकिन्छ ? सकिदैन, किन भने यो बैज्ञानिक युग हो बिज्ञानको युग हो । यहाँ हरेक क्षण नयाँ हरेक क्षण पुरानो हुन्छ ।

सबै चिज नयाँ सबै चिज पुरानो यो बिज्ञानको चमत्कारिक परिबर्तनले मानव जीवनलाई अझ सरल र सबल बनाउदै छ बैज्ञानिक समाजबाद तर्फ उन्मुख हुन संसार लाई अभिप्रेरित गरि रहेको छ । त्यो गतिमा दुनिया हिँडिसकेको छ तर दुर्भाग्य हामिले भने अझै अध्यात्मवादको जडत्वलाई तोड्न सकेका छैनौं ।रड्डिको टोकरिमा मिल्काईएको धर्म ग्रन्थको रटान छोडेका छैनौ हाम्रो समाजमा अझै मठ मन्दिरको भिड पातलिएको छैन र हाम्रो धर्म ग्रन्थ बाट सिकेर दुनियामा भिभिन्न आबिस्कार र बिकास गरे समृद्ध भए भन्दै पुजा गरेर बसेका छौ। तर हामी यो युगको गतिमा बिनासर्त हिड्नै पर्छ र दौडिनै पर्छ । बिज्ञानको मियो यदि हामिले समाएनौ भने हामी हरेक कुराबाट छुट्टिन्छौ हरेक कुराबाट बन्चित हुनेछौं।

त्यसको लागि सर्ब प्रथम त हाम्रो चिन्तन र चेतनामा आमूल परिबर्तन हुन जरुरि छ। यी अहिलेको हाम्रो सबै राज्य प्रणालीका अंङ्गहरु काम लाग्दैनन भनेर प्रमाणित भई दुनिया बाट डम्पिङ साईडमा फालिएको पुरानो राज्य प्रणालिहरु हाम्रो राज्य प्रणालीमा अझै छँदैछ । त्यो चिन्तन सहित त्यसको नेतृत्वलाई फालेर नयाँ बिचार र नेतृत्व सहित बैज्ञानिक विधि र प्रणालिको बिकास गर्नु पर्छ । राज्य शत्ताको स्वरुप नयाँ बनाउनु पर्छ त्यसैले यो ब्याबस्थाको बैज्ञानिक बिकास अथावा बिकल्पमा जाने समय आई सकेको छ यसमा एक छिन पनि बिलम्ब गर्नु हुँदैन। यस्को अनिबार्य सर्त बिज्ञान र दर्शन हो। तन्नेरी अवथामा पुगेको मार्कसबादी दर्शन र बिज्ञानको सम्योजनबाट मात्र बैज्ञानिक समाजबाद सम्भब छ ।

बिकास र समृद्धि,सम्भब छ अनि सम्पूर्ण मानव जगतको मुक्ति सम्भब छ। यहि आमूल परिबर्तनको आवश्यक्ता लाई गति दिदै अहिले सम्मको शासकहरुले मीठो आश्वासन र भ्रमको अस्वास्थ्य एन्टि ट्याबलेट खुवाएर कुपोषित बनाएको मानसिक्ता लाई सुधार गर्दै तङ्ग्रीनु र यथार्थतामा उभिएर सबै खाले विभेद हरुको बिरुद्ध आवाज उठाउदै समुन्नत र समता मुलक समाज निर्माणमा भुमिका खेल्नु नै म मान्छे हुँ भन्ने अहिलेको मान्छे हरुको साझा दाईत्व अनि साझा कर्तब्य हो।