Logo

महराको म्याद सकियो,सरकारी वकिलले आज मुद्दा दर्ता नगरे महराको आरोप स्वत खारेज हुने


यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सासंद कृष्ण बहादुर महराको आज थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस आज नै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने आदेश हुनेछ ।

थुनामा राख्न तेस्रो पटकको म्याद थपपछि महरालाई आज थुनछेकका लागि अदालतमा पेस गरिन लागेको हो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रो पटक ७ दिन म्याद दिएको थियो ।

महराको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले आजै थुनछेक बहस सकिने सम्भावना कम रहेको प्रहरी अधिकारी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एस एस पी उत्तमराज सुवेदीले महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गर्ने बताए । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाही माथि उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप महरा माथि लागेको छ ।

सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता नगरेको अवस्थामा भने महराको आरोप स्वतः खारेज हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्