Logo

प्रधानमन्त्रीको मि’र्गौलाको आकस्मिक डाय’लसिस गरियो : प्रधानमन्त्री शुक्रबारसम्म असपतालै बस्ने


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक रुपमा डायलसिस गरिएको छ । आज साँझ काठमाडौंको ग्राण्डि अस्पतालमा उनको मिर्गौलाको डायलसिस गरिएको हो।

प्रधानमन्त्री ओलीको फोक्सोमा पानी जमेर स्वास फेर्न अप्ठ्यारो हुने र पिसाव नभएपछि आकस्मिक डायलसिस गरिएको हो। आज उनको पहिलो चरणको डायलसिस एक घण्टा समय लगाए सम्पन्न भएको उपचारमा संलग्न रहेको एक चिकित्सकले काठमाडौं प्रेससंग भने ।

बिहिबार पुन दोस्रो चरणको डायलसिस गर्ने तयारी छ । शुक्रबार तेस्रो डायलसिस गरेपछि मात्रै पहिलो चरणको डायलसिसको मात्रा सम्पन्न हुनेछ। प्रधानमन्त्री ओली शुक्रबारसम्म असपतालै बसेर मात्रै डिस्चार्ज हुनेछन्।

फाइल फोटो

डाइलसिसपछि ओलीले बालुवाटार नै फर्किने मन गरेपनि चिकित्सकहरुले केही दिन अस्पताल केयर चाहिने भन्दै डिस्चार्ज गर्न मानेनन् । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा डाइलायसिस सुरु गर्दा पहिलो पटक कम्तिमा पनि तीन पटक डायलसिस गर्नुपर्ने हुन्छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीले केही महिनाअघि मात्रै सिंगापुरमा उपचार गरिएको थियो । डाइलायसिस सुरु गरिएपछि अब नियमित डाइलासिस वा प्रत्यारोपणमात्रै विकल्प हुनसक्छ। थप उपचारका लागि फेरि सिंगापुर लैजाने की भन्ने विषयमा पनि छलफल भैरहको स्रोतको दावी छ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलासिस गरिएको छ ।

चिकित्सकहरुकाअनुसार किड्नीले काम गर्न छाडेपछि डायलासिस गर्ने गरिन्छ । एक चिकित्सक भन्छन्, ‘किड्नीले क्षणिक रुपमा काम नगरेको भए डायलासिस गरेपछि फेरि काम गर्न सक्छ । त्यस्तो भएमा फेरि डायलासिस वा ट्रान्सप्लान्ट गर्नु पर्दैन । नभए लगातार डायलासिस वा ट्रान्सप्लान्ट गर्नुपर्छ ।’

काठमाडौं प्रेसबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्