ईश्वर मरिसकेको छ !

कला/साहित्य

ईश्वर मरिसकेको छ
यथार्थमा ऊ
मरेकै जन्मेको थियो
तिमी त्यो
जिउँदै भएको झुटो आशामा छौ !

ईश्वर
त्यो मरेको पाडाको
छालामा भरिएको भुस हो
जसलाई
अज्ञानी भैंसीले देख्यो
बस, दुहुने काम भैरह्यो
जब कि बजारमा
कैयन विकसित प्रविधि उपलब्ध छन् !

ईश्वरको कुहेईओ लाशले
कैयन रोगहरू फैलाइरहेको छ
अव, राम्रो हुने छ
यसलाई ससम्मान गाडिदिऊँ

– राम प्रसाद यादव
चित्रः साभार अनुभूति गुप्ता जी
हिन्दीबाट अनुवाद- बलराम तिमल्सिना