दुई जिब्रे चरित्रका हुन्छन कम्युनिस्टहरु
एउटा गरिब तर बिद्रोही स्वभाव भएको व्यक्तिले तल्लो तहका सरकारी देखि निजि कर्मचारी, मजदुर, किसानहरुलाई गोलबन्द गरेर संगठित गर्छन । त्यै संगठित समुह पछी गएर हिंसात्मक गतिबिधि गर्दै राजनैतिक दल वा पार्टीको रुपमा जन्मिन पुग्छ । त्यसरी जन्मिएको समुहले देसको शासन ब्यबस्था परिवर्तन गर्न सक्छ भन्ने उदाहरण संसारको धेरै देशमा मात्र नभएर नेपालमा समेत पटक पटक देख्न र भोग्न पाईएको छ ।
सत्ताको शिखरमा नपुगुन्जेल संसारभरिका कम्युनिस्ट नेताहरु जनताको हिमायती हुन्छन । कम्युनिस्ट पार्टी भनेको शोषक र सामन्तीको दुश्मन हो भनेर भन्छन र भन्न लगाउछन ।
निहत्था भएको मौका पारेर केहीको हत्या गरेर सामन्ती तह लगायौ भनेर हल्ला फैलाउछन । सत्तामा पुगे पछी तानासाह बन्ने पनि कम्युनिस्ट नै हुन्छन । रोमानियाको निकोलाउ चाउचेस्कु देखि कम्बोडियाको पोलपोट हुँदै क्युवाली फिडेल क्यास्ट्रोको जीवनी पढे पुग्छ ।
रोमानियाको तानासाह कम्युनिस्ट नेता निकोलाई चाउचेस्कु लाखौको भिड जम्मा गरेर भाषण गर्थे । भाषण सुनेर मात्र पेट भरिन्न ,भाषण सुन्न र सुनाउन भिड जम्मा गर्नेहरुले भाषण सुने पछी चाउचेस्कुको कुरा काटन थाल्थे । अति भए पछी खति हुन्छ । चाउचेस्कुको तानासाह सहन नसकेर भाषण सुनाउन जम्मा गरिएको भिडनै विद्रोही बने पछी भाषण स्थल छाडेर भाग्नु पर्यो । जनता माथि दमन गरेको कारण सैनिक अदालतले चाउचेस्कु दम्पती माथि मृत्यु दण्डको संजाय सुनाईयो ।
कम्युनिस्ट पार्टीका नेताहरु प्राय गरिबी झेलेर आएका हुन्छन । गरिबहरुकै लागि भनेर कम्युनिस्ट पार्टी जन्मिएको हो । अगस्त १३, १९२६ बिरान, होल्गुइन प्रोविन्स, क्यूबामा जन्मिएको फिदेल एलेजांद्रो कास्त्रो रुज़ अर्थात फिडेल क्यास्ट्रो घरेलु कामदारको रुपमा काम गर्ने लिनारुजका छोरा हुन । जुन घरमा घरेलु कामदार थिईन तिनै को सम्बन्धबाट जन्मिएको क्यास्ट्रोको १५ बर्षको उमेर सम्म आईपुग्दा आफ्ना पिता को हुन भन्ने अत्तोपत्तो थिएन । पछी एन्जेल क्यास्ट्रोले आफ्नो पत्नीसंग सम्बन्ध बिच्छेद गरेर फिडेल क्यास्ट्रोको आमासंग कानूनीरुपमा बिवाह गरे पश्चात आफ्ना जन्मदाताको पहिचान जोडन पाएका थिए ।
स्कुले जीवन देखिनै क्रान्तिकारी विचारधारा बोकेका क्यास्ट्रोले गुरिल्ला युद्ध गरेर क्युवाको सत्ता हत्याएको हुन । सत्ता कब्जा गरेको दिनमा देसमा स्थाईत्व आएको दिन सत्ता छोडेर देसमा लोकतान्त्रिक पद्धति लागु गर्छु भनेर जनतालाई बचन दिएका थिए । बचन पुरा गर्नुको साटो आफ्नो सरिरमा शक्ति हुन्जेल आफै सत्ताको सर्वेसर्वा बने भने जीवनको अन्तिमक्षणमा नेपाली तानाशाह श्री ३ जंगबहादुर राणाको नक्कल गर्दै आफ्ना भाई राहुल क्यास्ट्रोलाई सत्ताको बागडोर सुम्पे ।
नेपालको कम्युनिस्ट हरुले पनि ब्यक्ति हत्या गरेर राजनीति सुरु गरेका हुन । शोषक र सामन्तीको घांटी छिनायो भने क्रान्तिकारी बनिन्छ भन्ने कम्युनिस्टहरुको सिद्धान्त नै हो भन्ने धेरै घटनाले पुस्टि गरेको छ । सोझा सिधा गरिब जनता देखि मजदुर उचालेर गरेको आन्दोलनलाई महान क्रान्तिको संज्ञा दिंदै सत्ता कब्जा गरेको भोलिपल्ट देखि आफुले दिएको बचन बिर्सन थाल्छन ।
नेपालको कम्युनिस्ट पार्टीका नेताहरुले पोलपोट देखि चाउचेस्कु, क्यास्ट्रो देखि लेनिन, माओ हुँदै मार्क्स सम्मलाई पढेका छन । कालमार्क्स, लेनिन र माओलाई आफ्ना ईस्ट देवता सरह मानेर पुजा गर्छन । यी सबै सडकमा हुँदा गरिने कार्य हो र सत्तामा पुगे पछी कम्बोडियाको पोलपोट, रोमानियाको चाउचेस्कु र क्युवाको फिडेल क्यास्ट्रो बन्न थाल्छन । चाउचेस्कु हुन या पोलपोट यी दुवैको निरंकुशताको पराकाष्ठा नाघे पछी जनताको घैर्यको बाधँ भत्कन पुगेको परिणाम मृत्यु बरण गर्नु पर्यो । त्यहि घटना नेपालमा पनि कुनै दिन नघटला भनेर भन्न सकिन्न ।