Logo

मेडिकल माफियाका विरुद्ध अन्तिम लडाइँ


काठमाडौं । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले चिकित्सा शिक्षामा शुल्क बढी लिने र विद्यार्थीलाई दुख दिने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधि अन्त्य गर्ने फाइनल लडाई सडक बाटै गर्ने चेतावनी दिएका छन ।

शनिवार राजधानीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष रायमाझीले सडकमा ननिस्किएर वार्ताबाट समस्या समाधान गर्न खोज्दा सरकारले बेवास्ता गरेको भन्दै अब सडक तताउनुको विकल्प नरहेको जिकिर गरे ।

उनले त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठिले मेडिकल संचालक सँग करोडौंको लेनदेन गरेर आफ्नो कार्यकालको अन्तिम दिन मेडिकल संचालकलाई बलियो बनाउने निर्णय गरेको आरोप पनि लगाए ।

रायमाझीले यी कुनैपनि निर्णय आफुहरुलाई मान्य नहुने भन्दै यी निर्णयलाई तत्काल फिर्ता लिन पनि सम्बन्धित पक्ष लाई आग्रह गरे । ‘हामीले मेडिकल कलेजले नियम भन्दा बढी लिएको शुल्क ब्याज सहित विद्यार्थीलाई फिर्ता गर्न माग गर्दै आएका छौ, हाम्रो यो मागलाई बेवास्ता गरे तिहार लगत्तै सडक संघर्षमा उत्रिन्छौ’ अध्यक्ष रायमाझीले भने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्