Logo

राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् तिहारको शुभकामना


राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी -बहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् ।

यमपञ्चकको ५ दिन सम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको स्मरण राष्ट्रपतिले गरेकी छन् ।

तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजु-भाइ र दिदी-बहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

तिहार पर्वको अभिन्न अंगको रुपमा रहेको देउसी-भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सदभाव र सहिष्णुता अझ सुदृढ बन्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्