Logo

मलेशिया र भारतबीच व्यापार युद्ध हुन सक्ने,महाथिर मोहम्मद भन्छन् “हामी पछि हट्दैनौं “


क्वालालम्पुर । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले काश्मीरको मामिलालाई लिएर आफू पछि नफर्किने जनाएका छन् । उनले गएको सेप्टेम्बर २४ का दिन संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भारतले काश्मीरलाई कब्जा गरेको आरोप लगाएका थिए । मलेशियाको यो भनाइ प्रति भारतले कडा आपत्ति जनाएको थियो । यही कारणले गर्दा दुवै देशबीच व्यापार युद्धको जस्तो अवस्था उत्पन्न भएको छ । मलेशियाको पाम तेलको भारत ठूलो बजार हो । भारतीय कारोबारीहरुले मलेशियाली तेल बहिस्कारको धारणा राखेका छन् । यही अवस्थामा मलेशियाका प्रधानमन्त्रीले काश्मीरको बारेमा आफू पछि नहट्ने जनाएका हुन् ।

रोयटर्सले जनाए अनुसार महाथिरले भनेका छन्,‘‘हामी मनदेखि नै बोल्छौं । बोले पछि पछि हट्दैनौं । हामीले काश्मीरको समस्याको समाधान संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार हुनुपर्छ भन्यौं । यदि त्यसो नगर्ने हो भने संयुक्त राष्ट्र संघको के मतलब ?’’ मलेशियाका प्रधानमन्त्रीले संसद बाहिर पत्रकारहरु सँग कुरा गर्दै मंगलबार सो कुरा बताएका हुन् । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्