Logo

चिलीको सान्टियागोमा आन्दोलन चरकिदै, ५ जनाको मृत्यु २ जना गोली लागी घाइते


सान्टियागो । चिलीको राजधानी सान्टियागोमा लुटेराहरुले एउटा कपडा उद्योगमा आगजनी गराउँदा ५ जनाको मृत्यु भएको छ । केही दिन यता त्यहाँ मेट्रोको भाडा बृद्धिको विरोधमा प्रदर्शन हुँदै आएको थियो । सेना र प्रहरीले त्यहाँ अश्रु ग्याँस र पानीको फोहरा प्रदर्शनकारी माथि प्रयोग गर्नुका साथै राति कर्फयु लगाएको थियो ।

मेट्रोको भाडा बृद्धिलाई लिएर त्यहाँ आन्दोलन शुरु भएकोमा सरकारले भाडा बढाउने निर्णय फिर्ता गरे पनि आन्दोलन रोकिएको छैन । राष्ट्रपति सेबास्टियन पिनेराले लोकतन्त्रमा कानुनी राज्यको पनि उत्तिकै महत्पूर्ण भूमिका हुने जनाएका थिए ।

उनले गएको शुक्रबार देशका ५ राज्यमा आपतकाल घोषणा गरेकोमा आन्दोलन अझै फैलदो रहेको छ । सन् १९९० पछि पहिलो पटक सडकमा ठूलो परिमाणमा ट्यांकहरु तैनाथ गरिएका छन् । त्यतिबेला चिलीका तानाशाह अगस्टो पिनोचेटको तानाशाहीतन्त्र हटाएर लोकतन्त्र स्थापना भएको हो । आइतबार चिलीमा लुटपाट हुनुका साथै बसहरुमा आगजनी गरिएको छ । राजधानी सान्टियागोमा पसल, बस बन्द हुनुका साथै अन्तर्राष्ट्रिय उडान समेत रद्ध गरिएको छ । करिब एक हजार चार सय मानिस देशभरीबाट गिरफतार गरिएको छ । प्रहरी सँगको झडममा २ जनालाई गोली लागेको छ ।

सरकारले मेट्रोको भाडा बृद्धि गरेकोमा आन्दोलन भएपछि शनिबार फिर्ता लिए पनि आन्दोलन नरोकिएको हो । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्