‘ठुल्दाइ देश फर्किनुछ’ कबिता- गौतम सागर राई
मुन्धुमस्टार
ठुल्दाइ देश फर्किनुछ
आफ्नै जन्म भुमिको
माटोमा छ सपना
त्यही कल्पिरहेको
हजार कल्पनाहरु
लेकका पाखाभरी
छरिएको पारिलो
घाँम संग सेकाउनुछ
ओसिएका मनहरु
अनी फुलाउनुछ
पखेराहरुमा
रातो गुराँस जस्तै
केहि रहरहरु हो ठुल्दाई !
देश फर्कनुछ ।
चौतारिको जोडी बर पिपलले
सोधिरहेको हुनु पर्छ
बटुवा हरु लाई वा
साथी संगी हरुलाई
गोठालो,खेतलाहरुलाई
बेशिखेत पनि कती
पिडामा होला
बाझो नचिरिएको कॉचो
माटो बन्नुपर्दा
अब त फुटाउनुछ भकना
बनाउनुछ कुलो
रोप्नुछ बेशिखेत
केहि गर्नुछ
आफ्नै देशको माटोमा
फुलाउनुछ ख़ुशी
हो ठुल्दाई !
आफ्नै देश फर्कनुछ ।
कबी राई, सोलुखुम्बु घर भई : हाल – अमेरिकाको कोलोराडोमा बस्नुहुन्छ ।



