Logo

पाइपलाइनबाट साढे चार करोड लिटर डिजेल आयात गरियो


नेपाल र भारत बीचको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको १ महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगञ्ज सम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो ।

नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको स‍युक्त उद्घाटन गरेका थिए । त्यस दिन देखि २९ असोज सम्ममा ४ करोड ६० लाख लिटर भन्दा बढी डिजेट आयात भएको छ । यसरी आयात गर्दै कत्ति पनि चुहावट भएको छैन । भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिन्छ ।

पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगर लगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ ।

पाइपलाइनको पूर्ण सञ्चालन सँगै भारतीय आयल निगमको बरौनी, बैतलापुर, मुगलसराई, गोडालगायतका डिपो तथा रिफाइनरीबाट डिजेल आयात रोकिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्