Logo

एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त निर्वाचित


गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।

मत गणना सकिए पनि मत परिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको २ कार्यकाल उपाध्यक्ष थिए ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका ५ मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी २ उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन । महासचिव र सचिवको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्