Logo

नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रबहादुर चन्द प्रहरीको फन्दामा


नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्र बहादुर चन्द पनि रहेको खुलेको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । त्यहाँबाट महत्वपूर्ण दस्तावेज सहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले  बताए ।

उनले पक्राउ पर्नेको विवरण आइनसकेको बताए । यद्यपि, जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्र बहादुर पनि रहेको पुष्टि गरेका छन् ।

उनी पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु हुन् । अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्