Logo

साउदीमा प्रवासी सवार बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु


साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ करिब ७ बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसँग ठोक्किए पछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् ।

घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्