विप्लवका २१ नेता बैठकबाटै पक्राउ

नेपाल प्रहरीले विप्लव समूहका २१ नेतालाई बैठक स्थल बाटै पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका स्थित १ घरमा बैठक बसिरहेका वेला प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
५ नं. प्रदेश प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले नेताहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए । पक्राउ पर्नेमा अधिकांश विप्लव समूहको राप्ती ब्युरोका नेताहरु छन् ।