Logo

विश्वभरीकै अर्थतन्त्र खस्किदै यसको असर विश्वका ९० प्रतिशत देशमा हुनसक्ने:आईएमएफ


वाशिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वभरीकै अर्थतन्त्र सुस्त रहेको जनाएको छ । यो अवस्था १ दशक पहिला भएको वित्तीय संकटपछि पहिलो पटक भएको जनाइएको छ । आईएमएफले मंगलबार जारी गरेको वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा सो कुरा उल्लेख छ । आईएमएफका अनुसार यो वर्ष विश्वभरको अर्थव्यवस्था ३ प्रतिशतले मात्रै विकास हुने जनाइएको छ ।

भारतमा यसपालि विकासदर घटेर ६.१ प्रतिशत हुने जनाइएको छ । यसअघि गएको अप्रिलमा आईएमएफले नै भारतको आर्थिक बृद्धि ७.३ प्रतिशत हुने अनुमान गरेको थियो । २०२०–२१ मा भने भारतको आर्थिक बृद्धिमा केही सुधार आउन सक्ने सो रिपोर्टमा उल्लेख छ ।
आईएमएफले चीनको आर्थिक बृद्धि ६.१ प्रतिशत र सन् २०२० मा ५.८ प्रतिशत हुने अनुमान गरेको छ ।

२०१८ मा चीनको आर्थिक बृद्धिदर ६.६ प्रतिशत रहेको थियो । विश्वव्यापी रुपमा आर्थिक बृद्धि यसपालि ३ प्रतिशत र २०२०मा ३.४ प्रतिशत हुन सक्ने अनुमान गरिएको छ ।

आइएमएफले विश्वव्यापी रुपमा आर्थिक बृद्धि कमजोर हुनुमा विश्वव्यापी व्यापारमा गिरावट, आयात करमा बृद्धि र उत्पादन सम्बन्धी समस्यालाई कारक मानेको छ । आईएमएफले अर्थव्यवस्थामा आएको सुस्तताका कारण विश्वका ९० प्रतिशत देशमा यसको असर पर्ने समेत आकलन गरेको छ । (बीबीसी)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्