Logo

महत्वपूर्ण निर्णय गर्दै सुदूरपश्चिममा माओवादी केन्द्रको बैठक सम्पन्न, संगठन निर्माणमा जोड


 भिम बिक

कैलाली । नेकपा (माओवादी केन्द्र) को सुदुरपश्चिम प्रदेश समितिको विस्तारित बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ । लम्कि स्थित पोख्रेल होटेलमा आज बसेको बैठकले संगठन निर्माण लगायतका महत्वपूर्ण निर्णयहरू गरेको हो ।

उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश पार्टी संयोजक लोकेशको अध्यक्षता र पार्टी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बैठकले पार्टी संगठन निर्माणमा जोड दिदैं बिभिन्न सथानहरूमा भेला/सम्मेलन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैकठले चाडपर्वको समयमा शहीद परिवारसँग भेटघाट/छलफल गर्ने, सामाजिक व्यवस्था रूपान्तरणको पक्षमा संघर्षको तयारी गर्ने लगायतको योजना समेत अघि सारेको पार्टीका केन्द्रीय सदस्य ज्ञानु बमले जनाएका छन् ।

त्यसैगरी बैठकले प्रदेश समितिमा पुराना माओवादी नेताहरू लोकेश देवकोटा र टीकाराम जोशीलाई थप गर्ने निर्णय समेत गरेको छ । पछिल्लो समय सत्तारूढ नेकपा, विप्लव नेतृत्वको नेकपा लगाएतका पार्टीहरूबाट माओवादी केन्द्रमा व्यापक ध्रुविकरण भैरहेको देखिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्