Logo

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिनका लागि म्यान्मार प्रस्थान गर्दै


राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने भ्रमणका लागि बुधबार म्यान्मार प्रस्थान गर्ने भएकी छन् । उनी यही अक्टोबर १६ देखि २० सम्म म्यान्मार भ्रमणमा जाने परराष्ट्र मन्त्रालयद्वारा आज जारी वक्तव्यमा उल्लेख छ । उनी म्यान्मारका राष्ट्रपति ऊ विन म्यिन्टको निमन्त्रणमा त्यसतर्फ जान लागेकी हुन् ।

भ्रमणका अवसरमा उनले म्यान्मारका राष्ट्रपति सँग दुईपक्षीय कुराकानी गर्नेछिन् । म्यान्मारका राष्ट्रपतिले नेपाली समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने जनाइएको छ ।

सो अवसरमा उनले म्यान्मारमा रहेका नेपाली मूलका नागरिकलाई प्यिन ओ लिनमा भेटघाट गर्ने समेत कार्यक्रम रहेको छ । उनले युनेस्कोको सम्पदा सूचीमा रहेको बगानको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले यांगुनको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । यांगुनमा उनले ऐतिहासिक र सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने जनाइएको छ । उनको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी तथा परराष्ट्र र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुका अतिरिक्त पत्रकारहरु पनि रहने वक्तव्यमा जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्