Logo

इटलीको स्थान युरोकप २०२० मा सुरक्षित


काठमाडौं । ग्रिसलाई हराउँदै इटलीले युरोकप २०२० मा स्थान सुरक्षित गरेको छ । शनिबार राति भएको खेलमा इटलीले ग्रिसलाई २–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इटलीले मात्र एकपटक विपक्षी पोष्टमा सही प्रहार गरेको थियो । तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको उसका लागि ६३ औं मिनेटमा जोर्निन्योले पेनाल्टी गोलमार्फत अग्रता दिलाए । ग्रिसका इन्ड्रियस बुचलाकसले ह्याण्ड गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो ।

खेलको ७८ औं मिनेटमा फेडरिको बर्नाडेस्कीले गोल गर्दै इटलीको जित सुनिश्चित गरे । जितसँगै समूह ईको शीर्ष स्थानमा रहेको इटलीको २१ अंक भएको छ र तेस्रो स्थानमा रहेको अर्मेनियाभन्दा ११ अंकले अगाडि छ । ग्रिस भने ५ अंकसहित पाँचौं स्थानमा छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्