Logo

कैदीबन्दीले कारागारभित्रै दशैँको टीका थापे


बडादशैँको दशमीका दिन जिल्ला कारागार तनहुँका कैदीबन्दीले कारागार भित्रै टीका लगाएका छन् । हरेक वर्षझैँ यस वर्षको दशैँमा पनि कारागार प्रशासनले कैदीबन्दीलाई दशैँको टीका लगाउने व्यवस्था मिलाएको थियो ।

विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीलाई आफन्तजनको हातबाट दशैँको टीका लगाउने व्यवस्था मिलाइएको कारागार तनहुँका सहायक जेलर नारायण अधिकारीले जानकारी दिए । “आफन्तजनबाट कैदीबन्दीलाई दशैँको टीका लगाउन कारागार भित्रै व्यवस्था गरेका थियौँ,” अधिकारीले भने, “टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका छन् ।”

कैदीबन्दीले कारागार भित्रै रमाइलो वातावरणमा दशैँ मनाएका थिए । कारागार प्रशासनले दशैँ र तिहारमा आफन्तजनको हातबाट कैदीबन्दीलाई टीका लगाउने व्यवस्था मिलाउँदै आएको छ । कूल ३५ जना क्षमताको कारागारमा हाल थुनुवा र कैदी गरी १४३ जना कैदीबन्दी रहेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्