थाम डाडाँ युवा कलवद्वारा मृगौला पीडित कञ्चना राईलाई आर्थिक सहयोग रकम हस्तान्तरण

Breaking News मुख्य खबर समाचार स्वास्थ | यौन


राज कुमार राई ,१८,असोज–काठमाण्डौं । मृगौला पीडित वालिका कञ्चना राईलाई थाम डाडाँ युवा कलवद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । लामो समयदेखि दुवै मृगौला फेल भए पछि थला परेकी राईलाई विभिन्न संघ संस्था र व्यक्तिहरुबाट उठाईएका रकम हस्तान्तरण गरिएको हो । पीडित राईको आर्थिक अवस्था निकै कमजोर देखेपछि थाम डाँडा युवा कलवले दुई चरणमा कञ्चना राई बचाऊ अभियान चलाएका थिए ।

पहिलो चरणको अभियानबाट उठेको रकमले राईको उपचार सम्भव नभए पछि फेरि दोस्रो चरणको अभियान चालाईएको हो । सो अभियान अन्र्तगत एक लाख एक हजार दुई सय रुपैया मंगलबार पीडितका बुवा राजु राईलाई थाम डाँडा युवा कलवका उपाध्यक्ष किरण राईले हस्तान्तरण गर्नु भएको थियो । रकम हस्तान्तरण गर्दै यो अभियानबाट पनि पीडित वालिकाको उपचार सम्भव नभएमा फेरि तेस्रो चरणको अभियान पनि चालाउने उहाँले बताउनु भयो ।

नानीको अवस्था देखेपछि केही ह्राहत होस भनेर आफूहरुले चलाएको अभियानमा सबैले सहयोग गरेकोले नै यो अभियान सफल भएको पनि उहाँले बताए । महासचिव दिपक राईले सहयोगी दाताहरुको नामावली प्रस्तुत गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो । सहयोगी दाताहरुको अपार मायाले यो अभियान सफल भएको बताउदै दोस्रो चरण अन्र्तगतको सहयोग रकम संकलन गर्ने कार्यक्रम पनि सकिएको जानकारी दिनुभयो ।

अब कसैले नक्कली रसिद देखाएर पैसा उठाउन खोजिएको खण्डमा सचेत रहन पनि आग्रह गर्नु भयो । यदि आवश्यक परे फेरि आफूहरुले सबै जनमानसलाई जानकारी लिएर तेस्रो चरणको अभियान चलाउन सकिने पनि बताउनु भयो । आफ्नो अवस्था नाजुक भएर छोरीको उपचार गर्न निकै कठीन भई रहेको अवस्थामा थाम डाँडा युवा कलवले अविष्मरणीय गुण लगाएको पीडितका बुवा राजु राईले बताए ।

उहाँले आफ्नै छोरी सम्झेर कञ्चना राईलाई बचाऊ अभियानमा लागेका संघ संस्था तथा सबै सहयोगी दाताहरुलाई धन्यबाद दिनु भयो । कञ्चना राई बचाऊ अभियानका मुख्य सल्लाहकार समेत रहेका आश कुमार राईले आफूहरुको अभियानबाट मृगौला पीडितलाई धेरथोर ह्राहत मिलेको बताए । यो अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै फेरि पनि आगामी दिनहरुमा यसतै अभियानमा सहयोग गर्न अपिल गर्नु भयो ।