संविधान पुन:लेखन गर्नु पर्दछ-वीरेन्द्र राई

Breaking News राजनीति समाचार

काठमाडौं । खोटाङबाट काठमाडौं आएर राईले गीत–संगीतमा राम्रो नाम कमाए । घर–गृहस्थीमा आफ्नै संसार सृष्टि गरेर अघि बढे । साहित्य र संगीत, राजनिती र कृषी क्षेत्रमा अघी बढेको एक सर्बकृष्ट ब्यक्तिको नाम हो, बिरेन्द्र राई ।

गीतकार वीरेन्द्र राईले सात सय पच्चास भन्दा बढी गीत लेखिसकेका छन् । सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २९ वर्षयता बेलाबेला झस्काइरहन्छ । मुटु असह्य हुने गरी रेटिरहन्छ । ‘म मरेको पल’ करिब ३० वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ । जिबनको सत्य र तथ्यमा आधारित रहेको गित हो ।

०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । काठमाण्डौमा पढाई सँगसङ्गै साहित्य र संगीत, राजनिती र कृषी ब्यबसायमा लागे । अहिले नेकपा (माओबादी केन्द्र)को  ‘देशभक्त लेखक संघ, नेपाल’को अध्यक्ष हुनुहुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवादको विज्ञानलाई पथपर्दशक सिद्धान्त स्वीकार गर्ने लेखक तथा बुद्धिजीविहरुले संगठित आन्दोलन उठाउन क. बीरेन्द्र राई जोडिनु भएको छ ।  हामिले एक बहुआयामिक ब्यक्तीसँग गरिएको अन्तरबार्तालाई तलको लिन्क क्लिक गरी हेर्नुस ।