Logo

माननीय भट्टराईको दशैं विदेशमा, अनुभव सिकाईसँगै


– ताराबुङ

खोटाङ जिल्ला संघिय सांसद माननीय विशालभट्टराई गाउँ, टोल, नगर, शहर सबै समूदायहरुसँगको घुलमेलसँगै समूदायहरुको सुझाव र सल्लाहलाई कार्यान्वयन गर्दै नेतामा स्थापित हुनु भएको छ । साथै राष्ट्रिय स्तरमा युवा नेताको रुपमा छवी स्थापित भएको मानिन्छ । निश्चित रुपमा राज्य विकास हुनको लागी यहीँ समाज र समूदायहरुको जान, सिप र सल्लाहले मात्र पुग्दैन ।

यसकारण देशलाई विकास गर्नको लागी अन्तराष्ट्रिय ज्ञान, विकास र विकसित समाजसँगको ज्ञान लिन आवश्यक छ । यो नेतृत्व र नेता तथा सांसदमा अति आवश्यक मानिन्छ । यही महशुष गर्दै माननीय भट्टराई दशैंको अवसर पारेर हङकङमा कार्यक्रमको लागी लाग्नु भएको छ । नेपालको नागरिकहरु जो विदेशमा जानु बाध्यता तथा त्यहाँ रहेर स्थापित भएको ज्ञान तर त्यहाँको सुविधाभोगी जीवनले उनीहरुको जीवन पद्धती खुशी नभएको अभिव्यक्त गर्दै विदेशमा रहनु भएका नेपालीहरुको भावना बारम्बार सुन्न सकिन्छ ।

साथमा नेपालीहरुको मन र माया भने देशप्रति नै रहेको हुनाले सोही महशुष गर्दै खोटाङ समाज हङकङको आयोजनामा नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा तथा खोटाङ समाज हङकङको २१औं वार्षिक उत्सवको उपलक्ष्यमा मंकि हिल हङकङमा प्रमुख अतिथिको आतिथ्य ग्रहण गर्दै नेपालको वदलिंदो परिस्थिति, विदेशमा भोग्नु परिरहेको नेपालीहरुको समस्या लगायत समसामयिक विषयमा आदान प्रदान गर्न माननीय भट्टराई त्यसतर्फ लाग्नु भएको छ ।

माननीय भट्टराई भर्खरै मात्र युरोपको दश देशमा यात्रा तथा धेरै सिकाई सहितको ज्ञान लिएर फर्किनु भएको थियो । स्मरण रहोस माननीय भट्टराई आफ्नो जीवन नै आफ्नो लागी नभएर समाज र राष्ट्रको लागी हो, त्यही भएर उहाँको व्यक्तिगत जीवन नै नभएको उहाँको व्यवहार र अभ्यासले प्रमाणित गरिरहेको छ । हङकङ यात्राले समग्र खोटाङ र देशको लागी नै फलदायि भ्रमण रहने अपेछा राखौं । साथै उहाँको भ्रमणको खुशीमय साथ सफलताका कामना गरौं ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्