धमाकाका साथ होलैसुङ गोल्डकप चौथो संस्करणमा
– मान्सुुङ चाम्लिङ
खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरको केन्द्र वडा नं.५ दुर्छिममा होलैसुङ जनकराज गोल्डकप तेस्रो चरणको सम्पन्न पश्चात चौथो चरणको लागी तिब्र रुपमा व्यवस्थापन भइरहेको संयोजक कमल चाम्लिङले बताउनु भयो । विगतको तेस्रो संस्करणमा रु.७५,०००। रासीको प्रथम पुरस्कार यसपटक प्रथम पुरस्कार रु.१,००,०००। को रहने चाम्लिङले बताउनु भयो । विगतमा एउटैमात्र खेलमैदान खेलाइँदै आएकामा यसपटक भने अन्तराष्ट्रिय प्रचलन बमोजिम खेलाउन व्यवस्थापन गरिरहेको चाम्लिङले बताए । जस अनुसार उद्घाटन खेल वडा नं.३ च्यास्मिटारमा हुने साथै बीचको खेल हलेसी महादेव स्थानमा खेलाउनको लागी आवश्यक छलफल भइरहेको चाम्लिङले बताए ।
यसपटकको प्रथम पुरस्कारको रासी १ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालीकाले, दोस्रो पुरस्कारको रासी ५० हजार रावावेसीं गाउँपालीका दिने बताए । यसैगरी जिल्ला समन्वय समिति अध्यक्ष बवि चाम्लिङज्यूबाट २० हजार, अमृता अदिलसेर मुईमालाम अर्वाड ४ जनालाई ५ हजार सहित ट्रफि, हरेक खेलको म्यानअफ द म्याच न्यू हलेसी फेन्सी हाउस, एकटिभ फेयर प्ले अवार्ड जगदम्बा निर्माण कम्पनी प्राली, लगायत र, समाजसेवी तथा राजनीतिज्ञ प्रदिप राई (माइला) ले १० हजार, प्रिन्स एण्ड प्रणय फर्निचर उद्यायेगका दिपक राईले ५ हजार, डिकेके अटो मोबाइलका उद्धव राईले ५ हजार, हलेसी अटो प्रालीले ५ हजार, साथै विभिन्न संघ संस्थाहरु, समाजसेवी, कलाकार, उद्य्म व्यवसायीहरुद्धारा पनि सबैले सहयोग गर्ने प्रतिवद्धता गरको चाम्लिङले बताउनु भयो । आवश्यक व्यवस्थापनको लागी प्रदेश सरकारसँग पनि सहयोगको लागी छलफल अगाडी बढीरहेको तथा संघिय निकायहरुसँग पनि छलफल भइरहेको चाम्लिङले बताए ।
खेल व्यवस्थापनको लागी विगत वर्षहरु भन्दा फरक भइरहेको आयोजक सदस्य सुजन राईले बताए । जहाँ छिमेकी वडाहरुबाट समेत अभियानमा साथ दिइरहेको छ । जसमा नगरपालीका देखी अन्य गाउँपालीका, नगरपालीका, वडाहरु, जिल्ला समन्वय समिति, प्रदेश तथा संघिय सरकारको सम्बन्धित निकायहरु समक्ष पनि आवश्यक समन्वय गर्न आवश्यक सहयोग विगत एक महिना देखी स्थानिय च्यास्मिटार निवासी सुरेन्द्र कुमार राईले साथ दिइरहेको चाम्लिङले बताए ।
यसैगरी विगत ३ वर्षदेखी आफ्नो वडामा गोल्डकप खेलाइरहेको हुनाले वडा अध्यक्ष रमेश तिवारी आफ्नो वडाको तर्फबाट मात्र होइन आफ्नो भौतीक साथकासाथ जिल्ला, प्रदेश, संघ सबैमा आफै हिंडेर साथ दिइरहनु भएकोे चाम्लिङले बताए । साथमा अन्य समाजसेवी, राजनीतिज्ञ लगायत सबैले साथमा सहयोग गरिरहेको बताए ।