Logo

राई जाती हो या पदवी ? धर्मको महलमा किन किरात लेख्ने ? यायोक्खाले अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


भक्तपुर – किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्य समिति संगठन विभागको आयोजनामा शनिबार भक्तपुरमा उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किरात राई यायोक्खाको वर्तमान अध्यक्ष दिवस राईले , संस्थाको भावी कार्य योजना , विधान र किरात महा संघको बारेमा बोल्दै, राई जाती हो या पदवी ? धर्मको महलमा किन किरात लेख्ने ? जस्ता विविध विषयमा प्रष्ट पारेका थिए ।

किरात राई यायोक्खाको केन्द्रिय सदस्य मन्जु सोताङ्गले “राष्ट्रिय जनगणना २०७८” को बिषयमा आफ्नो विचार राखे संगै सुरुवात भएको उक्त कार्यक्रममा “संगठनको संरचना र किरात प्रदेश अभियानको कार्य योजना” को विषयमा संगठन विभाग प्रमुख तथा उप महा सचिव भिम राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष पर्शुराम राईले “संस्थाको आर्थिक योजना र अक्षयकोष” , प्रज्ञा परिषदको कुलपति जय कुमार राईले “संस्कार संस्कृती र धर्म ” , प्रज्ञा परिषदको सदस्य सचिव डा. तारामणि राईले ” भाषा लिपी” प्रज्ञा परिषदका सदस्य भोगीराज चाम्लिङ्गले :मुन्दुम” र पुर्व उपाध्यक्ष तथा पुर्व सल्लाहकार चन्द्र बिक्रम राईले ” १ नम्बर प्रदेश किरात प्रदेश अभियान र राजनैतिक उदेश्य र भावी कार्य योजना” का बिषयमा प्रशिक्षण तथा जानकारी गराएका थिए ।

किरात राई यायोक्खाको केन्द्रिय सदस्य संगठन विभागकी रन्जु राईले कार्यक्रमलाई संचालन गरेकी थिईन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्