Logo

संविधानको पुनर्लेखन वैज्ञानिक समाजवादी ढंगको हुनुपर्छ : किराती


काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले कम्युनिष्टको खोल ओढेको पार्टी र सरकारले सच्चा कम्युनिष्टहरुको पतन र बदनाम गरिरहेको बताएका छन् ।

शनिबार दलित अधिकार सम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रियामा नेता किरातीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘कम्युनिष्ट खोल ओढेको सरकारले चरम प्रतिक्रियावाद, चरम फाँसीवाद, चरम भ्रष्टाचार र देशद्रोही क्रियाकलाप चाहिँ थोपरिरहेको छ र सच्चा कम्युनिष्टहरुलाई बदनाम गर्ने नेपाली क्रान्तिकारी कम्युनिष्टहरुलाई पतन गराएर बदनाम गर्ने रवैया चलाइरहेको छ ।’

उनले कतिपय क्रान्तिकारी राजनीतिक शक्तिबाट संविधानको खारेजीको माग भइरहेको भए पनि आफू अहिले नै खारेजीको तहमा नपुगेको बताए ।

‘हामी खारेजीको तहमा पुग्न चाहिरेका छैनौ । किनभने खारेजी भन्यो भने गणतन्त्र पनि खारेजी भइहाल्ला कि भन्ने चिन्ता लाग्छ,’ उनले भने, ‘गणतन्त्र, धर्मनिपेक्षता यसका उपलब्धि हुन् । त्यसलाई रक्षा गर्नुपर्छ र संविधानको कमीजोरी हटाउनका लागि चाहिँ वर्ग संघर्ष जारी राख्नुर्छ ।’

संविधानको कमजोरी हटाउन संशोधन आवश्यक रहेको तर अहिले संशोधन हुने सम्भावना नै नभएको उनले बताए ।
उनले भने, ‘संशोधन संसदको विषय हो । त्यो सम्भावना अहिले कतै पनि देखिदैन । त्यसैले हामीले यो संविधानको पुनर्लेखन गर्नुपर्छ भनिरेहका छौं र पुनर्लेखन वैज्ञानिक समाजवादी ढंगको हुनुपर्छ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्