Logo

युवा, वृद्धा, पाका जनता : सबै नेकपा भाका


–शुष्मा कार्की

छरछिमेक, गाउँ टोल सबै नातानाला नेकपाको हिजो भोटर थिए । तर आज तिनै जनताहरु भोटर होइन सबै कार्यकता भएर अगाडी बढीरहेको राजापानी वडा ११ का पार्टी अध्यक्ष प्रदिप राईले बताए ।

यसै क्रममा हलेसी तुवाचुङ नगरको वडा नं.११ राजापानीको साविक ९ मा ३५ सदस्य कमिटी गठन भएको छ । अध्यक्ष भिम बहादुर खड्का भने सचिव खगेन्द्र राई (जिबन) रहेको वडा सचिव धनश्याम रेग्मीले बताउनु भयो ।

जनताको चाहना र आकांक्षा अनुरुप कम्युनिष्ट पार्टीहरुले मिलेकोले सबै स्थानिय गाउँटोलका जनताहरु भोटरर्स होइन कार्यकर्ता भएर सेवा गर्न उत्साहित भएको जिल्ला सदस्य कुमार वुढाठोकीले बताउनु भयो ।

भौगोलिक हिसाबले राम्रो भूमी भएर पनि पानीको अभावमा राजापानीका जनताहरु बसाई जान थालेकोले अबको स्थायी सरकारले विशेष खानेपानीको पहल गर्नु पर्ने नगर सदस्य राजन कार्कीले बताउनु भएको थियो । यसको लागी आवश्यक सबैको ध्यानकर्षण गरिने बताउनु भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्