Logo

पिपलको छहारीमा वडा कमिटी सपथ


– भूमिका कार्की

देश र जनताको निस्वार्थ सेवागर्न राजनीतिक नेतृत्वकर्ताहरुले सपथ खानै पर्छ । यहि परिवेशमा हलेसी तुवाचुङ ११ साविक राजापानी १ का नेकपा टोल कमिटीका कार्यकर्ताहरु पिपलको छहारीमा सपथ खाएका छन् । ३३ सदस्य टोल कमिटी गठन भएको यस टोलमा चन्द्र प्रकाश मगर अध्यक्ष र दिपक सुवेदी सचिव रहेका छन् । देशमात्र होइन विश्व नै कम्युनिष्टमय भइरहँदा यस साविक राजापानीको सबै वडाहरुमा पनि कम्युनिष्टमय भइरहेको जिल्ला सदस्य कुमार वुढाठोकीले बताउनु भयो ।

राजापानीको सबै वडा कमिटी गठनको क्रममा जनताहरु स्वस्फुर्त रुपमा उत्साहका साथ संगठनमा भाग लिइरहेको वडा कमिटी अध्यक्ष प्रदिप राईले बताए । ८० प्रतिशत जनता कम्युनिष्ट भएर पनि समन्वयमा केही कमी हुँदा स्थानिय तहमा चुनौती आएकोले अब संगठित हुँदै कमीकम्जोरीलाई दोहोरिन नदिने वडा सचिव धनश्याम रेग्मीले बताउनु भयो ।

टोल कमिटी गठनसँगै कार्यकर्ताहरुलाई छिटोभन्दा छिटो प्रशिक्षणको आवश्यकता रहेको नगर सदस्य राजन कार्कीले बताउनु भयो । राजापानीको बाँकी २ वडाहरु दशैं पछि गठन गरिने जिल्ला सदस्य कुमार वुढाठोकीले बताउनु भयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्