Logo

गाउँगाउँमा सत्ता, ५००० भत्ता नेकपा सबै जनता


– मान्सुङ चाम्लिङ

सुखी नेपाली समृद्ध नेपाल, सरकारको मुख्य लक्ष्य र गन्तव्य भए अनुसार यसलाई कार्यान्वयन गर्न नेकपाले टोल कमिटी विस्तार गरिरहेको छ । अल्पविकसित राष्ट्र नेपालले नेपालीहरु गरिब र निम्न वर्ग भएकै कारण आगामी ३ वर्ष भित्रमा हरेक वृद्धाभत्ता ५००० पुर्याउने लक्ष्यका साथ राज्यले आफ्नो आर्थिक क्रान्त्रि अगाडी बढाइरहेको छ ।

यसकारण राज्यलाई राजनीतिक स्थायित्व दिन कम्युनिष्ट पार्टीले मिलेर होइन निर्वाचनमा जितेर दुईतिहाई हुनै पर्ने भएकोले यसको लागी संगठन विस्तार गरिहेको छ । यसै क्रममा खोटाङ हलेसी तुवाचुङ नगरको ११ राजापानीको सावक ६ मा राम बहादुर कार्कीको अध्यक्षतामा ३३ सदस्य कमिटी गठन भएको छ । कमिटीको सचिवमा नरेन्द्र कार्की चयन हुनु भएको जिल्ला कमिटी सदस्य कुमार वुढाठोकीले बताउनु भयो ।

टोल कमिटीको अभियानमा सबै जनताहरु नेकपामा उत्साहका साथ प्रवेश गरिरहेको क्रममा राप्रपाका दल प्रतिनिधि पुण्य बहादुर कार्की नेकपामा प्रवेश गर्नु भएको वडा पार्टी सचिव धनश्याम रेग्मीले बताउनु भयो । गठनको क्रममा स्थानिय सबै जनताहरुले एकमात्र विश्वासनिय पार्टी नेकपा रहेको भन्ने सबै गाउँघरमा अभिभावकहरुले बोलरिहेको नगर सदस्य राजन कार्कीले बताउनु भयो ।

टोल अभियानको क्रममा असोजको काम छोडेर सबै जनताहरु पार्टीको काममा आएको तथा आफ्नो कामलाई एकदिन परसारेर राज्यलाई समाज सेवाको लागी समय दिएको स्थानिय समूदायहरुले बताएको वडा पार्टी अध्यक्ष्य प्रदिप राईले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्