Logo

डाँडाकाँडाखोला गाउँटोलमा नेकपा कमिटी


हलेसी तुवाचुङ वडा नं.७ साविक पनि ७ डाँडागुठमा कुरुङ राईको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन भएको छ । कमिटीको सचिवमा भिम राई चयन हुनु भएको छ । विगतको निर्वाचनहरुमा नेकाको राम्रो पकड मानिएको यस गाउँटोलहरुमा विजय पश्चात नेकाको नगर प्रतिनीधि र स्थानिय सरकारले जनअपेक्षा अनुसार कुनै काम गर्न नसकेकोले जनताहरुको मनोवल नेकाबाट गिरेर नेकपा तिर मोडिएको स्थानिय कार्यकर्ताकर्ताहरुले बताए ।

हलेसी नगर कमिटीको सबैभन्दा पहिलो टोल कमिटी गठन गर्न शुरु गरिएको तथा यस टोलमा जनताहरुको आफ्नो कार्य भएकोले साविक वडा नं.७ मा केही ढिला गठन गरिएको नगर सचिवालय सदस्य सर्वधन वस्नेतले बताए ।

स्थानिय निर्वाचनमा कम्युनिष्ट पार्टीले यस वडामा जितेको कारण वडाले जेजति क्रियाकलापहरु गरेका छन्, त्यसको तुलनामा नगर सरकारले यस वडालाई कम्युनिष्टले जितेको आधारमा विकासको कार्यक्रमहरु नदिइएको स्थानिय जनप्रतिनीधि सदस्य निरजमान वस्नेतले बताए ।

आगामी दिनमा वडा नं.७ हलेसी महादेव स्थानको जनताहरुको गतिको वेग जस्तै सबै वडाहरुमा नेकपाको सरकार गठन हुने किसिमले अगाडी बढीएको र सोही किसिमको क्रियाकलापहरु गरिरहेको नगर सचिव गोपाल दाहालले बताउनु भयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्