दुधेवालक साथमा लिंदै टोल कमिटी गठनमा खटाई
– मिरा कार्की
हलेसी तुवाचुङ नगरको वडा नं.११ राजापानीको साविक २ वडामा गोपाल अधिकारीको अध्यक्षतामा ३१ सदस्य टोल कमिटी गठन गरिएको छ । जसमा सचिव मेघ नारायण श्रेष्ठ रहनु भएको छ ।
असोजको व्यस्त समयलाई वेवास्ता गर्दै काखमा नानी च्याप्दै महिलाहरु र अभिभावकहरु नेकपाको टोल टोलमा संगठित हुन अगाडी बढी रहेका छन् । असक्क्त, अपाङ्ग, एकल महिला, वृद्धा तथा लोपोन्मुख समूदायहरुलाई नेपाल कम्युनिष्ट पार्टीको सरकारको समयमा भत्ता दिन थालेकोले कम्युनिष्ट पार्टीलाई नै संगठित गर्न लागी परेको स्थानिय वृख बहादुर कार्कीले बताउनु भयो ।
निम्न वर्ग, वृद्धा, महिला, दलित, एकल महिला, आदिवासी, मधेशी, अपाङ्ग, पिछाडावर्गको सबैको हित गर्ने पार्टी कम्युनिष्ट पार्टी भएकोले नेपालमा कम्युनिष्ट पार्टीहरु एकता भईरहँदा विश्वमा रहेका नेपालीमाहरु आसाको मुना पलाएको जिल्ला कमिटी सदस्य कुमार वुढाठोकीले बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटीको दोस्रो वैठक जिल्लामा सम्पन्न भएपश्चात पार्टीको पछिल्लो दिशा निर्देशन अनुसार टोल कमिटीलाई तिब्र रुपमा गन प्रक्रिया अगाडी बढाइएको वडा कमिटी अध्यक्ष प्रदिप राईले बताउनु भयो ।